आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी खेति तालिमको सम्पन्न

कञ्चनपुर ,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता टिभीइटी प्राईटीकल पाटनर सिपमा निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना अन्तर्गत कञ्चनपुर को कृष्णपुर न.पा वडा नं १ का २० जना युवाहरुलाई ३९० घण्टे वैमौसमी तरकारी खेती तालिम एक कार्यक्रमका बीच सम्पन्न गरिएकोे छ ।
उक्त समापन कार्यक्रमको अध्यक्षता निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्ट , प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहेका थियो । तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्ने र तालिमबाट धेरै कुरा सिकिएको सहभागी महिला सुनिता चौधरीले बताएकी छन् ।
प्रमुख अतिथी तथा नगरप्रमुख कर्ण बहादुर हमालले तालिमले व्यवसाय वृद्धिमा टेवा पुग्ने र सुन्दरीफाटालाई एउटा नमुनाको रुपमा विकास गर्ने युवाहरुको जिम्मेवारी रहेको र सो अनुसार काम गर्न अनुरोध समेत गर्नु भएको छ।
सो समापन कार्यक्रममा कृष्णपुर न.पा वडा नं १ अध्यक्ष मोहन बस्नेत, निडसका पुष्पा जोशी, तालिम प्रशिक्षक सिद्धराज अवस्थीको उपस्थिती रहेको थियो । भने कार्यक्रमको संचालन परियोजना संयोजक विनोद कडाराले गर्नु भएको थियो । संस्था मार्फत यो कार्यक्रम कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds