उपचारका लागी सहयोगको याचना

दोधारा

माहाकाली नगरपालिकाका एक घरपरिवारले सहयोगको याचना गरेका छन् । माहाकाली नगरपालिका वडा नं. ७ पुर्णागिरी टोल निवासी अर्जुन दमाईका छोरी वर्ष ७ का वर्षा दमाईको केही दिन अघि उम्ली रहेको तातो पानी शरिरमा पोखिन गई कम्मरको तलको भाग जल्न गएको हो । आर्थिक अवस्था दैनिय रहेको कारण उपचार गर्न नसकेर घरमै राखेका हुदा उपचार गर्न सहयोगको लागी याचना गरेका छन् । आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएका छन् ।

भारतको एक अस्पतालमा उपचार पछि अन्यत्र अस्पतालमा उपचार गर्न रेफर गरेपछि अन्यत्र अस्पतालमा पठाउन वर्षाको घरपरिवार संग आर्थिक समस्या परेको हुदा उपचार नगरि घरमै राख्न बाध्य भएको वर्षाका बुवा अर्जुन दमाईले बताएका छन् । ‘उपचार खर्च जुटाउन नसकेपछि घरमै ल्याएर राखेका छौं । पैसा छैन के गर्नु ?’ वर्षा दमाईका बुवा अर्जुन दमाईले आ“खामा आशु चुहाउदै भने– ‘वर्षाको उपचार गर्न थुप्रै रकम खर्चा भएको र थप थुप्रै रकम लाग्ने भन्छन डाक्टरहरुले । कहाँ बाट पैसा लिएर नानीलाई जोगाउने हो कुन्नी ?’ अर्जुन दमाईका छिमेकी तथा शिक्षिका बुद्धि देबी कठायतले अर्जुन दमाईको आर्थिक अवस्था निकै दैनिय रहेको कारण वर्षाको उपचारमा निकै बा“ध बनेको बताएका छन् ।

शिक्षिका कठायतले आफुहरुले वर्षाको सहयोगको लागी रकम संकलन कार्य अघि बढाएको बताएका छन् । रकम जुटाउन नसक्ने भएपछि आफूहरु तनावमा परेको वर्षाका घरपरिवारले बताएका छन् । हाल सम्म जसोतसो ऋण धन गरेर उपचार गरेको भन्दै वर्षाका बुवा अर्जुनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताउदै निराश भएका छन् । गहभरी आँशु पार्दै वर्षाका बुबा अर्जुन दमाईले गाँस, बास र कपास समस्या परेको बेला यस्तो बिपद् सिर्जना भएको बताएका छन् । ‘ऋण खोज्दा ऋण पनि कसैले दिदैनन् । वर्षाको उपचारको लागि धेरै ठा“उमा धाएता पनि ऋण समेत नपाएको अर्जुनले दुखेसो पोखेका छन् ।

 

 

 

ताजा समाचार

This will close in 10 seconds