पत्रकार जोशी माथि दिनमै कुटपिट

कञ्चनपुर,
रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशी माथि कुटपिट भएको छ ।
धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा साङ्घातिक आक्रमण भएको हो ।
शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बम नाम गरेका ब्याक्तले कुटपिट गरेका हुन् ।
उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा त,मा,मु, खाते पत्रकार भनी एक्कासी गाली गलौच गर्दै साङ्घातिक आक्रमण गरेका हुन ।
बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिट, लुटपाटकै घटनामा पक्राउ पर्दै आएका थीए ।

ताजा समाचार

This will close in 10 seconds