जनजाती महासंघ दोधारा चाँदनीले मनायो उधौली पर्व

दोधारा

प्रकृति र पितृको पूजा गरी नेपाल जनजाती महासंघ नगर समन्वय परिषद माहाकालीले उधौली पर्व मनाएको छ् । माहाकँली नगरपालिका वडा नं. ७ संसारीमाई मध्यवर्ती सामुदायिक बन क्षेत्रमा रहेको पिकनिक स्थलमा आज भब्यताको साथ उधौली पर्व मनाएको नेपाल जनजाती महासंघ नगर समन्वय परिषद माहाकालीले जनाएको छ् । प्रकृति र पितृको पूजा गरी किरात समूदायको ठुलो चाड उधौली पर्व मनाउने चलन छ् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् ।

घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृति पूजक किरात राईले मंसिर शुक्ल पूर्णिमा देखि १५ दिन सम्म उधौली मनाउने चलन छ् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद माहाकालीका पुर्व अध्यक्ष जय कुमार लिम्बुले माहाकाली नगरपालिका क्षेत्रमा पहिलो पटक उधोली पर्व मनाएको बताएका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात बिधी अनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिएको बताईएको छ् । मान्छेलाई खेती गर्ने ठा“उ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मान स्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ् ।

त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु, चूल्होमा कुखुराको बलि दिनु र ढोल झ्याम्टाको तालमा चरा, दुम्सी जस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको बताईएको छ् । यो पर्वमा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् । प्रकृतिलाई खुसी राख्नका लागी किरात राई समुदाय बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याए पछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् । कार्यक्रममा जनजातीका परिकार संगै ना“च गाना समेत गरिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद माहाकालीका अध्यक्ष रामचन्द्र थापाले बताएका छन् ।

कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना, सामासेवी तथा शिक्षक किशोर कुमार लिम्बु, नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद माहाकलीका पुर्व अध्यक्ष जय कुमार लिम्बु, पुर्व सचिव पप्पु गुरुङ्ग, माहाकाली नगरपालिका वडा नं. ३ का वडा सदस्य तेज सिंह थापा मगर, राप्रपाका केन्द्रिय सदस्य शान्तीमाया सुनुवार लगाएत नेपाल आदीबासी जनजाती नगर समन्वय परिषदका पदाधिकारी लगाएत जनजातीहरुको उपस्थिती रहेको थियो ।

उधौली पर्वका अवसरमा नेपाल आदीबासी जनजाती नगर समन्वय परिषद माहाकालीले शुभकामना सन्देश दिदै यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाएर आपसी सम्बन्ध सुमधुर बनाएर सामाजिक एकता तथा सद्भाव कायम राख्न योगदान पु¥याउने अपेक्षा राखेको छ् । एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु सबैको कर्तव्य भएको शुभकामना नेपाल आदीबासी जनजाती नगर समन्वय परिषद माहाकालीका सन्देशमा भनिएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds