आइपिएममा आधारित रहि कृषक लाई बेमौसमी तरकारी खेतीमा जोड

कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएकोको काेराेना भाइरसको महामारीले अर्थतन्त्रमा कमजोर बन्दै गएपछि निड्र्स नेपाल कञ्चनपुरले कञ्चनपुर लगायत कैलालीका कृषक लाई कृषिमा आधारित रहि अर्थिक उपजमा जोड दिदै आएको छ।
कैलालीका कृषकलाई बजारमा आधारित प्राविधिक तथा व्यवसायीक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स नेपाल) कञ्चनपुरले गोदावरी नगरपालिका वडा न.४ कैलालीमा विपन्न किसानलाई व्यवसायिक कृषित तर्फ उत्प्रेरित गराउनका साथै रासायनिक मल भन्दा प्राङ्गारिक मलको बढ्दो उपयोग गराई ( आइपिएम मा आधारित ) रहि युवा तथा कृषकको लागि बेमौसमी तरकारी खेतीमा अग्रसर बनाउनका लागि तीन महिना तालिम दिदै आएको छ।
बजारमा आधारित प्राविधिक तथा व्यवसायीक सीप प्रर्बद्धन परियोजनाका संयोजक बिनोद कडाराले कोरोना महामारीसंगै थलिएको अर्थतन्त्र र बेरोजगारी हटाउनका लागि रासायनिक मलको प्रयोग भन्दा प्राङ्गरिक मलको प्रयोग बढाई किसानलाई व्यवसायी तरकारी खेती तर्फ उन्मुख बनाउन आइपिएम तालिम दिएको बताए।
निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले व्यवसायिक कृषि प्रर्बद्धनका लागि निड्सले अघि सारेको कार्यक्रमबाट कृषि उत्पादनमा अझै थप बृद्धि संगै रोजगारी सिर्जना हुने बताए । ‘संस्थाले व्यवसायिक कृषिका लागि दिएको तालिम व्यवहारिक प्रयोग गर्नुपर्छ, ‘उनले भने, ‘तबमात्रै सार्थक हुन्छ ।’ निड्सले आगामी दिनमा समेत कृषि उत्पादनका लागि थप कार्यक्रमम ल्याउने उनले बताए ।
कार्यक्रमको अध्यक्षता निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी ,प्रमुख अतिथि गोदावरि नगरपालिका वडा न.४ कैलालीका अध्यक्ष प्रेम बहादुर भण्डारी अतिथिमा उक्त नगरपालिकाका कृषि शाखा प्रमुख बाशुदेव भट्टराई , स्थानीय जनप्रतिनिधी, निड्सका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds