दोधारा चाँदनीमा लकडाउनको अबज्ञा : खुला सिमा क्षेत्रमा आवात जावत कायमै

दोधारा

विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोभिड १९ संक्रमण माहाकाली नगरपालिकाको समुदाय स्तरमा देखा परेपछि स्थानिय सरकारले गरेको लकडाउनको पुर्णरुपमा अबज्ञा भएको स्थानियको ठहर छ् । एक ब्यक्तिवाट अर्को ब्यक्तिमा छिट्टै संक्रमण फैलिने यो रोग माहाकाली नगरपालिकाको समुदाय स्तरमा देखिएपछि माहाकाली सरकारले २ दिन अघि देखी लकडाउन गरेको हो । लकडाउनको आज तेस्रो दिन पनि अरु दिन जस्तै माहाकाली नगरपालिकाका बजारमा चहलपहल देखियो ।

सडक तथा बजार क्षेत्रमा सुरक्षाकर्मीहरुको खासै उपस्थिती देखिएन् । माहाकाली नगरपालिकाका मुल सडक खण्ड तथा बजार क्षेत्रमा स्थानिय सरकारको नियमको अबज्ञा गर्नेहरु बढी पाईएको छ् । दिनभरी माहाकाली नगरपालिकाका मुल सडक खण्डमा टेम्पो, टिप्पर, ट्रक, मोटरसाईकलहरु कुदैका छन् । बजार क्षेत्रका बैंक, बित्तिय संस्था, पसलहरुमा नियमको अबज्ञा गरेको पाईएको छ् । रातीको समयमा डिजे साँउण्ड बज्न समेत रोकिएको छैन् । माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रमा आवातजावत तथा अबैध समान ओसार पसार रोकिएको छैन् ।

माहाकाली नगरपालिका स्थित रहेका सामुदायिक, संस्थागत बिद्यालय, सरकारी कार्यालय भने बन्द रहेका छन् । नगर क्षेत्रका सबै बिद्यालय बन्द गर्ने, नगरपालिका स्थित रहेको बैंकहरु बिहान १० बजे देखि १ बजे सम्म तोकिएको मापदण्ड पुरा गरि संचालन गर्ने, नेपाल बिद्युत प्राधिकरण फ्युज सेवा बिहान १० बजे देखि दिउसो १ बजे सम्म संचालन गर्ने, नगरपालिका स्थित किराना पसल, हार्डवयेर पसल, खाद्यान्न पसल, बिहान १० बजे देखि १ बजे सम्म संचालन गर्ने, दुध ढुवानी २४ सै घण्टा संचालन हुने, औषधी पसल २४ सै घण्टा संचालन हुने, नगरपालिका तथा वडा कार्यालयका अति आवश्यक सेवा भन्दा बाँकी सबै सेवाहरु बन्द हुने, अति आवश्यक भनि तोकिएका सेवा भन्दा बाँकी सवारी साधन बन्द हुने, भारतबाट आयात हुने माछा, मासु अण्डा लगाएतका सबै समानहरु ओहरदोहर बन्द पुर्णरुपमा बन्द गर्ने गरेको आग्रहलाई धेरै जसो केही स्थानमा पालना गरेपनि अधिकांश ठाँउहरुमा भने यसको अबज्ञा हुदै आएको स्थानियहरुको भनाई रहेको छ् ।

माहाकाली नगरपालिकाका मुल सडकमा सदाझै चेकजाँज गर्दै गरेको देखिने ट्राफिक प्रहरी देखा परेका छैनन् । लकडाउनका बेला अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी बस्न स्थानिय सरकारले आग्रह गरेपनि गाँउ घरमा झन बढि चहलपहल बढेको स्थानियबासी मथुरा पन्तले बताएका छन् । ‘के को लकडाउन हुने हो, मोटरसाईकल कुद्या कुदै छ्’ स्थानियबासी मथुरा पन्तले भने । स्थानिय सरकारले गरेको लकडाउनको पुर्ण अबज्ञा भएको उनको भनाई रहेको छ् । पछिल्लो समय भातरवाट घर फर्किएकाहरु पनि थुप्रै गाँउघरमा पुगेका छन् ।

जसले गर्दा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ् । माहाकाली नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि माहाकाली नगरपालिका कार्यालयको बिशेष बैठकले एक साताको लागी लकडाउन गरेको हो । यता माहाकाली नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा आवतजावत नरोकिएको स्थानियहरुले बताएका छन् । सिमा क्षेत्रमा लुकीछिपी आवात जावत भईरहेको छ् । सिमावर्ती भारतिय बजारबाट किनमेल तथा अबैधरुपमा समान ओसार पसार कायमै रहेको स्थानियहरुको भनाई रहेको छ् । माहाकाली नगरपालिकाका सिमा बस्तीहरुमा घरेलु मदिरा सेवन गर्न आउने भारतिय नागरिकहरु समेत नरोकिएको सिमा बस्तीका स्थानियहरुले बताउदै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds