आर्थिक अनियमित बारे लामो समय सम्म छानविन नभएपछि शेयर सदस्यले लगाए सहकारीमा ताला

  • 19
    Shares

पुनर्वास

साना किसान सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीको कार्यालयमा शेयर सदस्यहरुले ताला लगाएका छन् । सहकारी सञ्चालक समितिले गरेको अनियमितता बारे उजुरी गर्दा पनि सरोकारवालाहरुले छानबिन र सत्यतथ्य सार्वजनिक नगरी शुक्रबार सोहि सञ्चालक समितिले लेखापरीक्षण गर्न थालेपछि शेयर सदस्यहरुले तालाबन्दी गरेका थिए । शेयर सदस्यहरुले शुक्रबार नै कार्यालयको च्यानल गेटमा तालाबन्दी गरेपछि आईतवार कार्यालय पुर्ण रूपमा बन्द रहेको थियो । कार्यालयमा तालाबन्द गरिएको भएपनि विवाद समाधानका लागि न त सञ्चालक समितिले नै उपस्थिति जनाए , न त नगर सहकारी समन्वय समिति नै उपस्थित देखिए ।

शेयर सदस्यहरुले सञ्चालक समितिका पदाधिकारीहरुलाई एक दिनमा सकिने बैठक २/३ दिन दिन लगाएर बैठक लम्ब्याई बैठक भत्ता खाने गरेकाे, कर्जाकाे धिताे मुल्याङ्कन गर्ने भनी शेयर सदस्यबाट नै रकम असुल्ने गरेकाे, सञ्चालक समितिमा बसिसकेका मान्छे अन्य उपसमितिमा पनि बसेकाे, सामाग्री खरिद काेटेशन अाह्वान नगरी अाफु खुशी भवन निर्माण गरेकाे, साधारण सभाबाट याेजना तर्जुमा पारित नगरी ब्यवस्थापक र अध्यक्षले आफुखुशी खर्च गर्ने गरेकाे र प्रबन्धक उमा भुसाललाई जिम्मेवारी नदिएकाे कुराहरु उल्लेख गरि सहकारी कार्यालयको हातामा ज्ञापन पत्र टास गरेका थिए ।

रेट्राेफिटिङ्ग सहित सहकारीको माथिल्लो तलामा २ कोठा, एक बैठक हल, एक किचेन र एक शौचालय, तीन तिर पर्खाल निर्माण र समरसिबल माेटर जडानमा ४५ लाख ९ हजार ५ सय २५ रुपैयाँ खर्च भएको सहकारीकी व्यवस्थापक कल्पना चापागाईले बताइन्। तर यता शेयर सदस्यहरुले कार्यालयकाे रेट्राेफिटिङ्ग गरि माथिल्लाे तला थप्दा त्यत्रो खर्च नलाग्ने भन्दै सञ्चालक समितिले आर्थिक अनियमितता भएकाे आराेप लगाएका छन । छानबिन समिति गठन गरि वर्तमान सञ्चालक समिति उपर छानबिन गर्नुपर्ने माग राखेका शेयर सदस्यहरुले सत्यतथ्य छनविन नभए ताला नखोल्ने बताए ।

  • 19
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...