भेट्रान फुटबल प्रतियोगिताको आज उद्धघाटन,मनकामना युवा क्लब (ए) र बि.वाइ सि भिड्ने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाको आयोजनामा आज पहिलो भेट्रान फुटबल प्रतियोगिता आयोजनाको उद्धघाटन हुने छ । आजको पहिलो खेल बिहान ११ बजे मनकामना युवा क्लब (ए) र बि.वाई सि अत्तरीया बिच बिहान ११ बजे प्रतिस्पर्धात्मक हुने छ।३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् । प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष डबल बहादुर थापाले जानकारी दिएका छन् ।
प्रतियोगितामा कैलारी गाउँपालिका, कञ्चनपुर भेटन ११, बोराडाँडी युवा क्लब, लालझाडी युवा क्लब, धनगढी युवा क्लब, रोयल गोर्खा महेन्द्रनगर, स्टार सिटी युथ क्लब, विवाईसि अत्तरिया र आयोजक टिम मनकामना युवम क्लबको “ए” र “बी “टीमको सहभागीता रहेको छ ।क्लबका अध्यक्ष थापाले खेलकुद प्रतियोगिताले हरेक उमेर समुहका मानिसलाई स्वस्थ बनाउन महत्वपुर्ण भुमिका खेल्ने हुदाँ ३५ बर्ष उमेर समुह भन्दामाथिका खेलाडीहरुका लागी भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए । आज मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।

ताजा समाचार

This will close in 10 seconds