सुदूरपश्चिम प्रदेशका तराई भन्दा पहाडी जिल्लामा फुटबलको रोनक, शैलेश्वरी जोरायल फुटबल कप को उद्धाघाट


कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशका तराई भन्दा पहाडी जिल्लामा पछिल्लो समय यता खेलकुद क्षेत्रदेखि लिएर फुटबलको रोनक सुरु हुँदै आएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस “कोभिड-१९” ले गर्दा थला परेका खेलकुद क्षेत्र एका-एक तराई भन्दा पहाडी जिल्लामा मुहार फेर्ने काम अघि बढ्दै गएको छ। विषम परिस्थितिमा समयको बाबजुद मंसिर १७ गते बुधबारदेखि शैलेश्वरी जोरायल फुटबल कप – २०७७ को उद्धघाटनका साथै सुरु भएको छ। उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी सुदृरपश्चिम प्रदेश गाउँपालिका माहासंघ अध्यक्ष तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझा तथा जोरायल गाउँलालिका विशिष्ट उपाध्यक्ष जमुना बोहरा बाट एक कार्यक्रमका साथ उद्घाटन गरिएको छ।जोरायल गाउँपालिकाको आयोजनामा डोटी जिल्लामा प्रथम पटक धरै धन राशी भएको शैलेश्वरी जोरायल फुटबल कप- २०७७ मंसिर १७ गते देखी सुचारु भएको छ । प्रतियोगिता नकाउट आधारमा संचालन गर्नुका साथै यहि मंसिर २१ गते फाइनल संगै प्रतियोगिताको समापन गरिने आयोजकले बताएको छ।
प्रतियोगिताको च्याम्पियन हुने टिमले प्रथम पुरस्कार १,११,१११(रुपैया एक लाख एक हजार एक सय एक) दितिय पुरस्कार ५५,५५५( पच्पन्न हजार पाँच सय पच्पन्न रुपैया ) रहेको छ।
प्रतियोगिता लाई सम्पन्न गर्नका लागी दिपायल सिलगडी नगरपालिका , बोगटान फुडसिल गाउँपालिका , पुर्बीचैकी गाउँ , साइल गाउँपालिका लगायत सम्पुर्णको साथ सहयोगले प्रतियोगिता आयोजना हुन लागेको हो।

Loading Viewer...

ताजा समाचार

spot_img