सुदूरपश्चिम प्रदेशमा एक पछि अर्को खेलकुद प्रतियोगिता गर्दै मनकामना

मनकामना युवा क्लबद्धारा भेट्रान फुटबल प्रतियोगिताको आयोजना मंसिर २० गते देखि सुरु हुँदै


कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशमा विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड-१९ का बाबजुद पनि सरकारले तोकेको मापदण्डको पालना गर्दै एक पछि अर्को मनकामना युवा क्लबले खेलकुद प्रतियोगिताको आयोजना गर्ने दाउमा रहेको छ।
कार्तिक २८ गते भलिबल प्रतियोगिता निकै रोमाञ्चक तरिकाले समापन गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले मंसिर २० गते देखि पहिलो खुल्ला भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँने छन् । प्रतियोगितामा दुई जिल्ला कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष डबल बहादुर थापाले बताउनु भएको हो। प्रतियोगिता आयोजना गर्नका लागि आफ्नै आकर्षक र सुबिधा सम्पन्न खेलमैदान रहेको मनकामना क्लबले पछिल्लो समयमा निरन्तर खेलकुद क्षेत्रमा एका-एक फड्को मार्दै आएको छ।
प्रतियोगितामा कैलारी गाउँपालिका, कञ्चनपुर भेटन ११, बोराडाडि युवा क्लब, लालझाडी युवा क्लब, धनगढी युवा क्लब, रोयल गोर्खा महेन्द्रनगर, स्टारसिटी युथ क्लब, वि वाई सि अत्तरिया र आयोजक टिम मनकामना युवा क्लबको ए र बी टीको सहभागीता रहेको छ । राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ क्लबका अध्यक्ष थापाले भने खेलकुद प्रतियोगिताले हरेक उमेर समुहका मानिस लाई स्वस्थ बनाउँन महत्वपुर्ण भुमिका खेल्ने हुदाँ ३५ बर्ष उमेर समुह भन्दा माथीका खेलाडीहरुका लागी भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए।यसरी खेलकुद प्रतियोगिताको आयोजनाले युवा अवस्थामा खेल जिवनमा सक्रिय रहेका खेलाडीहरु लाई समेत भेट्रान प्रतियोगिताले फाइदा पुग्ने उनको भनाइ रहेको छ।सामाजिक कार्य देखि लिएर खेलकुद क्षेत्रलाई मध्यनजर गर्दै प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर र सह-प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् ।प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरस्कार राशी ४० हजार र उपविजेता अर्थात दित्तिय पुरस्कार रु २० हजार ट्रफि सहित प्रमाणपत्र प्रदान गरिने छ ।

Loading Viewer...

ताजा समाचार

spot_img