असल नागरिक अभियान गठन प्रक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड-१९” कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा राज्यको सरकारले तोकिए अनुसारको मापदण्ड अपनाउदै एउटा सामाजिक दुरि कायम गर्दै जिल्लाको कञ्चनपुर स्थित भीमदत्त नगरपालिकामा असल नागरिक अभियान गठन प्रक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
सनिवार भएको गठनको प्रक्रिया र अभिमुखिकरण यु.एस.ए.आइ.डी.साझेदारी संङ्घियता सहयोग कार्यक्रम अन्र्तगत रचात्मक नागरिक संलग्नता प्रवर्दन गर्न सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष अनिषा धमलाको अध्यक्षतामा उद्धेश्य तथा औचित्यका लागि असल नागरिक अभियान गठन प्रक्रिया सम्पन्न गर्नुका साथै १३ गते सनिवारका दिन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।स्थानीय स्तरमा सिबिओएस द्वारा सार्वजनिक सेवा डेलिभरीको अनुगमन कसरी गर्ने भन्र्ने वारे निर्गम अभिमत एक्जिट पोलको प्रदर्शन विधिदारा प्रशिक्षण गर्नुका साथै नागरिक प्रतिबेदन प्रत्र, सार्वजनिक सेवा, सार्वजनकि सेवाको मुल्यंकन आवश्यकता र पद्धति आदिको बारेमा उक्क्त सहयात्रा नेपाल कञ्चनपुरका कार्यसमिति सदस्य लगायत असल नागरिक अभियानका सदस्यहरुलाई एक दिन असल नागरिक अभियान किन आश्यक के का लागी भनि अभिमुखिकरण गर्नुका साथै थप दूई दिन तालिम दिइएको थियो। यसरी डिसेम्बर महिनाको पहिलो हप्ता भित्र निर्गम अभिमत वा बहिरगमन अभिमत सम्पन्न गरि वार्ड कार्यलयलाई जानकारी गर्ने कार्यक्रम रहेको छ भने डिसेम्बर महिनाको अन्त सम्ममा नागरिक प्रतिबेदन प्रत्र गर्ने योजना तय गरि कार्यक्रम लाई सम्मपन्न पारिने र जस् कार्यक्रमलाई यु.एस.ए.आइ.डी.साझेदारी संङ्घियता सहयोग कार्यक्रम कञ्चनपुर जिल्ला अन्र्तगत नागरिक संलग्नता संयोजक देव राज बडुले सहजिकरण गरि कार्यक्रमलाई सम्पन्न गर्नु भएको थियो । संयोजक बडुका अनुसार ‘हामी केहि कार्यक्रम नगरपालिका संग मिलेर गरिरहेका छौ भने केहि कार्यक्रम यस पालिका भित्र आवद्ध रहेका विभिन्न संघ संस्था संग मिलेर काम गरिरहेको जानकारी समेत गराउनु भो।
असल नागरिक पहल गठनको उद्धेश्य किन आवश्यक :
— वडास्तरमा स्थानीय सरकारसँग समुदायमा आधारित विविध खालका लक्षित समूहहरुले आफ्ना, रुचि, चासो, माग एवम् प्रत्यक्ष सरोकारका विषयहरु राख्न सक्ने स्थान सिर्जना गर्ने
— नागरिक शिक्षा, सचेतना, शिप तथा संस्थागत क्षमता अभिबृद्धिकालागी काम गर्ने
— स्थानीय सरकारले समुदाय स्तरमा सञ्चालन गर्ने विकास निर्माण एवम् नागरिक शिक्षा÷सचेतना जस्ता क्रियाकलापहरुमा लक्षित वर्गको रचनात्मक सम्लग्नता अभिवृद्धि गर्ने,
— स्थानीय सरकारसँग सार्वजनिक चासोका विषयमा तथ्य र प्रमाणमा आधारित रहेर मर्यादित र जिम्मोवार नागरिकको हैसियतमा नियमित सम्वाद, अन्तरक्रिया, पृष्ठपोषण तथा जनबकालतका क्रियाकलापहरु संचालन गर्ने ।
असल नागरिक पहल गठनको औचित्यः
देशमा संघीयता लागू भएसँगै तीन तहको सरकार समयन्वयात्मक ढंगले अघि बढ्ने विभिन्न सकारात्मक प्रयासहरु भै रहेका छन् । हाम्रो देशको संविधानले दिएको म्यान्डेट अनुसार तीन तहको सरकार र मूख्य तीन कुराः समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिएको छ । तीनै तहको सरकार सञ्चालन प्रक्रियामा नागरिक संलग्नता केन्द्रमा हुनुपर्ने कुरालाई नीतिगत रुपमा स्वीकार गरिएको छ । तर पछिल्ला समयमा समुदाय र वस्तिस्तरबाट जुन रुपमा नागरिक संम्लग्नता हुुनु पर्ने हो त्यो हुन सकेको छैन जसका मूल कारण्हरुः
-स्वएम् नागरिकहरु सरकारले वोलाए मात्र सहभागि हुन्छन् (Reactive Participation)स्वतःस्फुर्त सहभागीता नगन्य छ।
-समुदायका विविध समस्या भोगि रहेका लक्षित वर्गहरु संगठित तवरले स्थानीय सरकारसँग आफ्ना सवालहरु राख्ने, रुचि वा चाहना व्यक्त गर्ने, सरकारका काम कारवाही र प्राथमिकताका क्षेत्रमा पृष्ठपोषण दिने कार्य गर्न सकिरहेका छैनन् ।
-यो असल नागरिक÷समाज अभियानले सरकार र नागरिक वीच रचनात्मक सम्वादको वातावरण तयार गर्ने अपेक्षा गरिन्छ । यस्ले गर्दा एक अर्काका दोष केलाउने, कमि कमजोरी उजागर गर्ने र केवल गुनासो मात्र गर्ने संस्कार भन्दा माथि उठेर आपसी छलफल, सहयोग र समझदारीका माध्यमबाट दवै पक्ष वीच विश्वासको वातावरण तयार गर्न सकियोस् ।

ताजा समाचार

This will close in 10 seconds