अस्ताए फुटबलका महान तारा,डिएगो म्याराडोनाको निधन

रहेनन् अर्जेन्टिनालाई विश्‍वकप जिताएका कप्तान डिएगो म्याराडोना

एजेन्सी,
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डिएगो म्याराडोनाको निधन भएको छ ।
दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याराडोनाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबलको उपाधि जितेको थियो ।
उनले बोका जुनियर्स, नेपोली बार्सिलोनालगायतका टोलीबाट क्लब फुटबल पनि खेलेका थिए ।
अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् ।
म्याराडोनालाई विश्वका महान् फुटबल खेलाडीहरुमध्येको एक मानिन्छ ।

ताजा समाचार

This will close in 10 seconds