कोरोनाका बाबजुद पनि चुकेनन् खेलाडी ,ई–काता च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्ण सहित १० पदक

  • 119
    Shares

कञ्चनपुर,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा कोभिड-१९ का बाबजुद पनि खेलकुद क्षेत्रलाई उच्च स्थान दिनका लागि खेलाडीको महत्त्वपूर्ण योगदान संगै नेपाललाई तीन संवरण १० पदक हात पारेको छ।

पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वल्र्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको हो। नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् । महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् । सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० बर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिईन् ।

नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् । १० दिन अगाडी मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए । मानन्धर पुरुष ४५ बर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए । यस्तै २२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टो ंग पराजित हँुदै रजतमा नै चित्त बुझाउन बाध्य भईन् ।

सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिईन् । १९ देखि २१ बर्षको गल्र्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गो संग पराजित भएकी थिईन् । सत्कार घती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन् । मगर १० बर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ बर्ष एडभानसमा पराजित हुँदै कास्यमा सिमित भएका हुन् । २० देखि २१ नोभेम्बर संम्म संचालित च्याम्पियनसिपमा नेपाल १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता भर्चुअल माध्यमबाट प्रदर्शन गरेका थिए ।

  • 119
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...