सुन्दर सुदूर पश्चिमेली युवा समाजद्वारा बाल अनाथालयमा ज्याकेट वितरण


कञ्चनपुर
कञ्चनपुरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका १२ जना बालबालिकालाई सुन्दर सुदूर पश्चिमेली युवा समाजले १२ थान ज्याकेट वितरण गरेको छ । सुन्दर सुदूर पश्चिमेली युवा समाजका अभियन्ता जयराज भट्टको पहलमा भारतमा बस्दै आएका राजेन्द्र बिष्टले चिसो याम बढे सँगै भारत बाट अनाथालयका बालबालिकाको लागि ज्याकेट पठाउनु भएको थियो जसलाई भारतको दिल्ली बाट सुन्दर सुदूर पश्चिमेली युवा समाजका सल्हाकार छत्र बुढाले यहाँ सम्म ल्याउनु भएको थियो ।


सुन्दर सुदूर पश्चिमेली युवा समाजका अभियन्ताको तर्फ बाट समाज कल्याण अञ्चल बाल अनाथालायका प्रमुख शंकर बहादुर चन्दलाई ज्याकेट हस्तान्तण गर्नु भएको थियो ।

सुन्दर सुदूर पश्चिमेली युवा समाजका अभियन्ता खगेन्द्र प्रसाद बजगाईले आफुहरुले सानो सहयोग मात्र गरेको तर यसलाई देखेर अरुलाई पनि समाज सेवा गर्ने उत्प्रेरण जागने विश्वास रहेको उनले बताए यस्ता धेरै संस्था र दुःखीहरुलाई यस संस्थाले यस प्रकारको सहयोग गर्दै आईरहेको र भविष्यमा पनि सहयोग गर्ने वहाँले बताउनु भयो ।

त्यसैगरी ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष चाँदनी ऐरले यस प्रकारको सहयोग अति सराहनीय भएको बताउनु भयो र सबैले सेवाभावले दुःखी गरबीको सेवा र अन्यायमा परेकाहरुलाई न्याय दिनु पर्नेमा जोड दिनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img