विपन्न परिवारका महिलालाई माईती नेपालको पोषणयुक्त खाना

दोधारा 

कञ्चनपुरमा रहेको विपन्न तथा गरिब घरपरिवारका महिलालाई माइती नेपालले पौष्टिक खाना वितरण अभियान आज देखि सुरु गरेको छ् । लामो समय देखी महामारीको रुप लिएको कोरोना भाईरसका कारण प्रभावित परेको विपन्न परिवारका महिलाहरुलाई माईती नेपालले पौष्टिक खाना वितरण अभियान सुरु गरेको हो ।

माइती नेपाल कञ्चनपुरले कोरोना भाइरसका कारण गरिएको लकडाउन खुलेको भएपनि आम मानिस पुरानो वातावरणमा जान नपाएको भन्दै विपन्न तथा गरिब महिलाहरुको लागि माइती नेपाल, युएनवुमन संस्था र स्थानीय तहहरु संगको सहकार्यमा पौष्टिक खाना खुवाउने अभियान अन्तर्गत महिलाको लागि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन गरिएको छ् । माइती नेपालकी संयोजक महेश्वरी भट्टले कोरोनाका कारण रोजगारी गुमाएका विपन्न परिवारका महिलाहरुको लागि सामुदायिक भान्छा कार्यक्रम सञ्चालन गरिएको बताईन् । आज बाट सुरु गरिएको सामुदायिक भान्सा कार्यक्रममा दैनिक २ सय ५० महिलालाई खाना खुवाउने गरि ६० दिने अभियान सञ्चालन गरिएको उनले बताईन् । ‘कोभिडको संक्रमण पनि कम भएको अवस्था छैन, कोरोना संग जुध्न पनि ईम्युनिटी पावर बढाउन पौष्टिक खाना खानु आवश्यक हुने गर्दछ ।’

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘कोभिडका कारण रोजगारी गुमाएका तथा दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने विपन्न तथा गरिब महिलाहरुलाई पौष्टिक खाना वितरण गर्ने अभियान अगाडी बढाइएको छ् ।’ अघिल्लो चरणमा लकडाउनको प्रत्यक्ष मारमा परेका महिलाहरुलाई पौष्टिक खाना खुवाएको अवस्था भएपनि अहिले भने विशेष गरी रोजगारी गुमाएका महिलाको लागि सामुदायिक भान्छा कार्यक्रम सञ्चालन गरिएको उनले बताईन् । कोभिडका कारण लकडाउनको मारमा परी रोजगारी गुमाएका जिल्लाका विभिन्न विपन्न तथा गरिब परिवारका महिलालाई यस अघि समेत सामुदायिक भान्छा कार्यक्रम सञ्चालन गरेको माइती नेपालले यस पटक दोस्रो चरणमा पौष्टिक खाना वितरण कार्यक्रम गर्न लागेको हो ।

ताजा समाचार