लालझाँडीमा शिक्षक दरवंदी कटौतीको चलखेल

शिक्षक दरबन्दी कटौती गर्न लागेको आशंकामा भानु माध्यमिकले विद्यालयले निकाल्यो विरोधमा प्रेष विज्ञप्ती जारी

कंचनपुर,

कंचनपुरको ग्रामिण क्षेत्र लालझाँडी गाउँपालिका– २ स्थित रहेको भानु माध्यमिक विद्यालयले मापदण्ड विपरित शिक्षक दरवंदी हटाउने षड्यन्त्र भईरहेको भन्दै त्यसको विरोधमा प्रेष विज्ञप्ती जारी गरेको छ । शुक्रवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश राना तथा शिक्षक अभिभावक संघका अध्यक्ष हंसराम रानाद्वारा हस्ताक्षेरित विज्ञप्तीमा भानु विद्यालयबाट ४ जना शिक्षक दरवंदी सहित अन्य विद्यालयमा सरुवा गर्ने योजनामा लालझाँडी गाउँपालिका लागेको आशंका व्यक्त गर्दै त्यस्तो निर्णय नगर्न चेतावनीसहित प्रेष विज्ञप्ती जारी गरेको हो ।

विद्यालयमा रहेका माध्यमिक तहमा विद्यार्थीहरुको पठनपठान गर्न शिक्षक दरवंदी संख्या अपुग भएको हुदाँ विद्यालय र विद्यार्थीको भविष्य मध्यनजर गर्दै उच्च शिक्षाका लागि कक्षा ११ र १२ मा थप २ दरवंदीको माग अघि सारेका छन् । ‘‘शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ ले शिक्षा नियमावली २०४९ को अधिनमा रही अनुसूची १२ मा उल्लेख भएको शिक्षक विद्यार्थी अनुपात र विद्यालयमा रहनुपर्ने दरवन्दी अनुसार यस श्री भानु माध्यमिक विद्यालयमा कम्तिमा एक देखि आठमा ७ दरबंदी र ९ देखि १२ मा ८ शिक्षक दरवंदी गरी जम्मा १५ जना दरवंदी हुनुपर्नेमा हाल विद्यालयमा १ देखि ९ मा ६, छ र आठमा ४ , र ९ –१० मा ३ गरी जम्मा १३ दरवंदी मात्र कायम रहेकामा थप २ दरवंदी न्यूनतम रुपमा आवश्यक रहेको स्पष्ट हुदाँहुदै लालझाँडी गाउँपालिकाले आफ्नो स्थानिय क्षेत्रमा दरवंदी मिलान गर्ने नाममा यस विद्यालयबाट ४ जना शिक्षक दरवंदी सहित अन्य विद्यालयमा सरुवा गर्ने योजना लालझाँडी गाउँपालिकाका शिक्षा शाखाको सिफारिसमा गाउँकार्यपालिकाले निर्णय गर्ने योजना बनाएको जनकारी आएकाले यस सम्बन्धमा अध्ययन गर्दा विद्यालयको अहितमा यस्ता अहितकारी दुर्गामी निर्णय प्रति घोर भत्र्सना गर्दछौं,’’ विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यसका साथै, उक्त विद्यालयले पालिकालाई चेतावनी दिनुका साथै त्यस उपरान्त उत्पन्न हुने पस्थितिको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ । ‘‘थप ११ १२ का लागि २ दरवंदी संख्या माग गर्दछौं । यसरी हाम्रोे मागको अवज्ञा गरी विद्यालयका दरवंदी चलाएमा विद्यालय परिवारलाई अमान्य हुने र जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न हामी अभिभावकहरु तत्पर रहनुका साथै यसबाट पर्न सम्भावित क्षेतीका लागि पनि लालँझाडि गाउँपालिका कार्यालय र शिक्षा शाखा लाई कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था सिर्जना नगरी सचेत हुन आग्रह गर्दछौं। ’’

ताजा समाचार