बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु ,२९ जना घाइते

बैतडी,
तिहार नजिकिदै गर्दा सुदूरपश्चिम प्रदेशको बैतडीमा बस दुर्घटना भएको छ।
दार्चुलाको गन्ना देखि कञ्चनपुर जिल्ला महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडी खोड्पे देखि १ किलोमीटर अगाडि बिहिवार राती १० बजेत तिर दुर्घटना भएको बैतडी जिल्ला प्रहरी प्रमुख नारायण प्रसाद अधिकारीले जानकारी दिनु भो।
उनका अनुसार ४० जना यात्रु रहेको बस सडक बाट ५ समय मिटर तल खस्दा ८ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका र उनिहरु को उद्धार गरि बैतडी अस्पताल टाढा पर्ने भएकाले नजिकै रहेको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी प्रमुख अधिकारीले बताएका छन।
उनले भने ‘मृत्यु हुनेहरु र घाइतेको सम्पुर्णको नाम ठेगान खुल्न नसकेको र घटना बारेमा बिस्तृत जानकारी बिहान नै थाहा हुने छ। स्थानीय युवाहरुको पहलमा घाइतेहरु को एकाएक उद्धार कार्य भएको छ, भने घटना कसरी घटेको भन्ने बारेमा एकिन कुरा भने खुल्न सकेको छैन्।’

ताजा समाचार