दोधारा चाँदनीबाट दुर्लभ निर बिरालोको छाउराको उद्धार

दोधारा 

माहाकाली नगरपालिकाको एक घरमा जंगली निर बिरोलो फेला परेको छ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य कलावती भाटको घरमा जंगली निर बिरालो फेला परेको हो । संकटमा रहेका निर बिरालोको एक छाउराको माहाकाली नगरपालिकाबाट उद्धार गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पिपरैया पोष्टका अर्जुन दत्त जोशीले जनाएका छन् ।

स्थानियहरुको खेतवारीमा भाग्दै गर्दा अलपत्ररुपमा वडा सदस्य भाटको घरमा निर बिरालो छाउराका फेला परेको हो । नीर बिरालो नेपालमा र विश्वमै संकटमा रहेको प्रजातिको बिरालो भएको बताईएको छ् । नेपालमा यस प्रजातिको बिरालो करिब ५ हजारको हाराहारीमा रहेको बताइएको छ् । बासस्थान विनाश, चोरी शिकारका कारण यस प्रजातिको बिरालो संकटमा पर्दै आएको हो । शरीरको अंगका लागी यस प्रजातिको बिरालोको चोरी शिकार हुन गरेको विज्ञ बताउछन् । यो बिरालोले चराचुरुंगीको अण्डा, फलफूल खाने गर्दछ ।

नेपाल, भारत, चिन, मलेसिया, सिंगापुर लगाएतका देशमा यो प्रजातिको बिरालो पाईन्छ् । तराई देखि उच्च पहाडी क्षेत्र सम्म पाईने यस प्रजातिको बिरालो नेपालमा करिब दुई हजार तीन सय मिटर उचाई सम्म पाईएको रेकर्ड छ् । दिउसो भन्दा रातमा यो जनावर सक्रिय रहन्छ् । आजै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरुले उद्धार गरि लगेका छन् । जंगली निर बिरोलोको अवस्था सामान्य रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पिपरैया पोष्टका अर्जुन दत्त जोशीले बताएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds