उदयदेव बहुउद्देशीय सहकारीको साधारण सभा सम्पन्न

कञ्चनपुर ,

उदयदेव बहुउद्देशीय सहकारी संस्थाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार महेन्द्रनगरमा सहकारीको ‘उज्जल भविष्यको लागि आजैदेखि बचत गरौँ, भन्ने मुल नारका साथ बार्षिक साधारण सभा सम्पन्न भएको हो । लेखा समिति संयोजक दिनेश राज भट्टले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कोराना भाईरसका कारण सदस्यलाई पर्न गएको आर्थिक मन्दिमा संस्थाले ३२ लाख ९८ हजार ८सय ९२ ब्याज छुट दिएको छ ।

सहकारीको चालु आर्थिक बर्ष २०७७/०७८मा विभिन्न १७ शिर्षकमा १४ करोड, ५० लाख ५ हजारका कार्यक्रम पारित गरिएका छन् । भने २ अर्ब ८१ करोड २ लाख ५० हजार बजेट समेत पारित गरिएको छ ।आगामी दिनमा थप सेवा विस्तारको नीति अघि सारिएको छ ।

कार्यक्रममका पत्रकार कृष्ण नेपाली र। टीकाराम आचार्यलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दको अध्यक्षता एव प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको छ ।

ताजा समाचार