कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’ संचालनका लागि सहुलियत ऋण उपलब्ध गराउने भएको छ । नगरका बेरोजगार युवाका लागि मेयर उद्यमशिलता विकास कार्यक्रम मार्फत उद्यम गर्न चाहने युवा युवतीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको हो । नगरपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिकदेखि बिना ब्याज, बिना धितो कर्जा उपलब्ध गराउने भएको छ । ‘समाजवाद उन्मुख अर्थतन्त्र विकासको अधार बिना धिलो बिना ब्याज ऋण सम्बृद्धिको आधार’ भन्ने मुल नारका साथ सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेडसंग बिहीबार सम्झौता गरिएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र नेपाल बैंक लिमिटेडका प्रबन्धक कमल बहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले सहुलियत कर्जा प्रवाहका लागि नगरपालिका र बैंकविच सम्झौता भईसकेको सन्र्दभमा कार्यक्तम समेत छिट्टै लागु हुने बताए ।
‘यो ऐतिहासिक कार्य भएको छ, ‘उनले भने, ‘बिना धितो, ब्याज दरमा काम गर्न चाहनेका लागि ऋण उपलब्ध गराईनेछ ।’ नेपाल बैक लिमिटेडका प्रबन्धक कमल बहादुर चन्दले सम्झैता भएकाले कार्तिक पहिलो सातादेखि नै लागु गरिने बताए । उनका अनुसार बेरोजगार युवा युवतीले उद्यम बन्नका लागि एक लाखदेखि ५ लाखसम्म ऋण बिना धितो र ब्याजमा सहुलियतमा पाउने बताए । ‘यो कार्यक्रम लागु भएपछि बेरोजगार युवा लाभान्वित हुन्छन, ‘उनले भने, ‘काम गर्ने र उद्यम बन्नेहरुका लागि कार्यक्रम प्रभावकारी हुन्छ ।’ पुरुषका लागि ३.५ प्रतिशत नगरपालिका र ५ सरकारले ब्याज बेर्होन्छ, भने महिलाका हकमा ६ प्रतिशत सरकार र २.८ प्रतिशत नगरपालिकाले बेर्होन्छ । ‘ऋणको ब्याज सरकारले बेर्होछ, ‘उनले भने, ‘ऋषि स्वयमले सावा मात्रै भुक्तानी गर्नुपर्छ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आत्मनिर्भर बन्नकालागि सहुलियत कर्जा कार्यक्रम ल्याएको बताए ।
कर्जा प्रवाह गैर कृषि, कृषि, उद्यमशिलता प्रर्बद्धनका लागि भएको बताउदै मेयर विष्टले एकिकृत ब्याज अनुदान दिईने बताए । उद्यम प्रर्बद्धन निर्देशिका र मेयर उद्यमशिलताका निर्देशिका अनुरुप कर्जा प्रबाह गरिने बताए । कृषि सम्भावना बोकेको नेपालमा कृषि पशुपालन, व्यवसायिकरण गर्दै आयात घटाउने, रोजगारी बनाउने र निर्यातका लागि कार्यक्रम ल्याएको बताए । ‘कार्यक्रम मार्फत बेरोजगारी अन्त्य र आत्मनिर्भर बनाउनेछ, ‘मेयर विष्टले भने, ‘समाजवादमा श्रम, उत्पादन, लगानी र बजारिकण गर्नुपर्छ ।’ निजी क्षेत्रले समेत कार्यक्रमबाट बेरोजगारी अन्त्य हुने बताएका छन् । बिना ब्याज र धितोमा सहुलियत कर्जा उपलब्ध गराउने पहिलो पालिका भन्दै निजी क्षेत्रका आभार प्रकट गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले कार्यक्रम गरिखाने वर्गसम्म पुग्नुपर्नेमा जोडदिए । सम्झौता हस्ताक्षर कार्यक्रममा सम्झौता पत्र बाचन गर्दै भीमदत्त नगरका प्रशासकिय अधिकृत हरिसिह धामीले सहुलियत ऋण उपलब्ध गराउनदेखि नतिर्नेबाट अशुलसम्म गरिने बताए । भीमदत्त नगरका मेयरका सचिवालयका नासु दिनेश राज भट्टले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, बैंकका कर्मचारी, निजी क्षेत्रको सहभागिता रहेको थियो ।