पोलि हाउस निर्माण सम्बन्धी तालिम सम्पन्न

कंञ्चनपुर
स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत वेदकोट नगरपालिकाका १० वटै वडाका २० जनालाई पोलि हाउस सम्बन्धि तालिम दिईएको छ । आज वेदकोट नगरपालिका वडा न ५ को पोल्खरीमा भएको तालिमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र वेदकोट नगरपालिका वडा न ५ का अध्यक्ष गणेश बिकको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वेदकोट नगरपालिका कृर्षि शाखाका कृर्षि अधिकृत बीर बहादुर ऐरको समेत सहभागिता रहेको थियो भने कार्यक्रम संचालन स्वीट नेपालका कार्यक्रम प्रबन्धक अमित सुनारले गरेका थिए । कार्यक्रममा वेदकोट नगरपालिका कृर्षि शाखाका अधिकृत बीर बहादुर ऐर,स्वीट नेपालका कृर्षि अधिकृत ललित पाण्डेय,लघु उद्यम बिकास अधिकृत दिपकराज जोशी,जेटिए दिपक नेपाली,लक्ष्मी बम लगायतले प्रशिक्षण दिनुका साथै प्रयोगात्मक तरिकाले पोलि हाउस निर्माण गर्न,पोलि हाउसमा मल्चिङ ब्यवस्थापन,पलास्टिक राख्ने,घर निर्माण गर्ने,बिउ राख्ने,डयाङ बनाउने तथा सो पोलि हाउसमा लगाउने तरकारीका बारेमा समेत जानकारी दिएका छन ।

कार्यक्रममा वेदकोट नगरपालिकाका १० वडाका २० जना किसानहरुको सहभागिता रहेको थियो दिनभरी भएको कार्यक्रममा एक पोलि हाउस निर्माण समेत गरेका थिए । नमुनाका रुपमा वेदकोट नगरपालिका प्रत्येक वडामा २ वटा पोलि हाउस निर्माण गरी तरकारी उत्पादन गर्ने जानकारी स्वीट नेपालका कार्यक्रम ब्यवस्थापन अमित सुनारले जानकारी दिएका छन । स्वीट नेपाल कंञ्चनपुरले यूएनडिपी र बेदकोट नगरपालिकाको सहयोगमा वेदकोट नगरपालिका वडा न १ र २ मा आलु बिउ उत्पादन कार्यक्रम,वडा न ३ र ४ मा च्याउ उत्पादन,वडा न ५ र ६ मा खुर्सानी उत्पादन,वडा न ७ र ८ मा लसुन उत्पादन,वडा न ९ र १० मा प्याज उत्पादन पकेट क्षेत्र बनाएर अगाडी बढीरहेको जानकारी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी गराएका छन ।

यसैगरी पकेट क्षेत्र बाहेक अन्य उत्पादका कार्यक्रमहरु समेत सबै वडाहरु समेटेर अगाडी बढने जसमा पोलि हाउस निर्माण,तरकारी खेती,सहकारी संग समन्वय,कृर्षि औजार सहयोग,बगुरपालन,ब्राख्रा पालन,कुखुरा पालन जस्ता कार्यक्रमहरु समेत रहेको जानकारी स्वीट नेपालका उपाध्यक्ष दशरथ भारतीले जानकारी दिएका छन । स्वीट नेपाल कंञ्चनपुरले यी कार्यक्रमको ब्यवस्थापन तथा सहजीकरण गर्दे आईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds