बेलडाँडीका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

बेलडाँडी,
 कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका क्षेत्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएकोछ । प्रगति एकता समाजको आयोजनामा सोमबार बेलडाँडी गाँउपालिका १ सिद्धचोक क्षेत्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो ।
प्रगति एकता समाजका सचिव बिरेन्द्र कठायतले कोरोना महामारीका बेला जेष्ठ नागरिक जोखिममा पर्ने भएकाले उनीहरुको स्वास्थ्य नियमित चेकजाँच गरिएको बताए । सचिव कठायतका अनुसार ६३ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्वास्थ्य समाग्री र परामर्स गराईएको छ । मधुमेह, रक्तचाप, सुगर, लगायतको स्वास्थय परीक्षण गरिएको थियो ।
मुख्यमन्त्री जेष्ठ नागरिक तथा मानसिक स्वास्थ्य कार्यक्रम कञ्चनपुर प्रतिनिधी हेमन्त भट्ट, बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट प्रेमसिह धामी र प्रगति एकता समाजका हेल्थ असिस्टेन्ट उद्धव कठायत जनस्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले समाजिक कार्य अन्र्तरगत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको बताए । आगामी दिनमा समेत समाजिक कार्य गरिने अध्यक्ष विष्टले बताए । निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय हर्षित भएका छन् ।

ताजा समाचार