जिल्ला प्रहरीद्धारा लुटपाट गर्ने गिरोहका तीन जना सार्वजनिक

 कञ्चनपुर, 
कञ्चनपुर जिल्लामा जुहाडे समुहलाई लुटपाट गर्ने गिरोहका तीन जनालाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।
गत बुधबार राती बेदकोट नगरपालिका – ५ पोलखरीमा जुवा खेलिरहेको जुहाडे समुहलाई लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार जुहाडे समुहलाई हतियार देखाएर तीन लाख नगद, मोबाईल लुटपाट गर्ने समुहका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले हतियार देखाएर लुटपाटमा संलग्न मध्ये पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको बताएका छन् ।
‘घटनामा संलग्न रहेको मुख्य योजनाकार पक्राउ गर्न बाँकी नै छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘अहिले घटनामा संलग्न तीन जना मात्रै पक्राउ परेका छन ।’ घटनामा संलग्न बेदकोट नगरपालिका १ पिपलथला बस्ने २८ बर्षिया केदार विष्ट, बेदकोट नगरपालिका २ बसन्थला २२ पारसमणी जोशी र कृष्णपुर नगरपालिका ५ गुलरिया बस्ने २४ बर्षिया दिपक भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो । ‘घटनामा ६÷७जना संलग्न रहेछन, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘अहिले तीन जना पक्राउ परेका छन, बाँकीलाई पनि छिट्टै पक्राउ गरि सार्वजनिक गछौँ ।’
पोलखरी स्थानीयका हरेन्द्र बोहराको घरमा छोराका जन्मोत्सव मनाईरहेको बेला हेलमेट सहित आएका युवाहरु ब्यूरोबाट आएको तिमिहरु जुवातास खेल्न लागेका छौँ भनेर नगद ३ लाख र मोबाईल लुटपाट गरेको प्रहरी प्रमुख मरासिनीले बताए । ‘लुटिएको पैशा कसको हो, उनीहरु जुवा खेलीरहेका थिए, कि थिएनन, भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको छ, ‘प्रहरी प्रमुख मसासिनीले भने, ‘लुटिएका भनिएका व्यक्तिपनि जुवा खेलेको पुष्टी भए कार्बाही हुन्छ ।’ पोलखरी बोहराकै घर नजिक जुवा खेलिरहेको अवस्थामा दुवै जुहारी समुहविच लुटपाट भएको दावि गरिएको छ ।
घटना स्थलबाट प्रहरीले दोस्रो दिन २ राउण्ड गोली लोड सहित एक थान म्याग्जिन पेस्तोल बरामद गरेको थियो । यो संगै शनिबार केदार विष्टको घरको कोठाबाट म्याग्जिन बिनाको पेस्तोल बरामद गरिएको छ । विभिन्न कम्पनीका मोबाईल समेत बरामद गरिएको छ । उनीहरु बिरुद्ध डाँकाचोरी र हतियार खरखजाना अन्र्तरगत मुद्दा चलाईने कञ्चनपुर प्रहरीले तयारी थालेको छ । ‘घटनामा दुवै मुद्दा आर्कषित हुन्छन, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘घटनाको थप अनुसन्धान र संलग्नको खोजि भईरहेको छ ।’ घटना स्थलबाट दुईवटा मोटरसाईकल समेत बरामद गरिएका छन् ।

ताजा समाचार