भीमदत्त नगर ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर’ पहिलो चरणमा तीन हजार नागरिकले स्वास्थ्य सेवा लिए

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर’ पहिलो चरणको अभियान सम्पन्न गरेको छ । पहिलो चरणमा झण्डै तीन हजार नागरिकले स्वास्थ्य सेवा लिएका छन् । भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य शाखाका अधिकृत भीम सिह महराले कुल ११ स्थानमा सम्पन्न भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिबिरबाट २ हजार ८ सय २५ जनाले सेवा लिएको बताए । महराका अनुसार ४ सय ४३ ले प्रयोगशाला, १ सय २१ गर्भवती अल्ट्रासाउण्ड, २५ पाठेघरको मुखको क्यान्सर जाँच, ९ पाठेघरमा रिङ्गप्रेसर सेवा र बाँकीले विशेषज्ञ सेवा पाएका छन । महराका अनुसार खल्लामछेट्टी २ सय ११, तिलकेनी ३ सय ३६, तिलाचौर २ सय ८६, राजिपुर १ सय ६९, पिपरैया बडैपुर २ सय १५, ऐरी २ सय ३२, बनकट्टी ३ सय १५, निम्बुखेडा २ सय ६९, बाँगफाँटा २ सय ३२ र उल्टाखाममा ३ सय ३४ जनाले सेवा लिएका छन ।

भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले जनतालाई आधारभूत स्वास्थ्य सेवाको पहुँचका लागि शिबिर संचालन गरिएको बताए । ‘दुर्गम बस्तीमा चलाएको स्वास्थ्य शिबिरबाट हजारौँ, नागरिक लाभान्वित भएका छन, ‘उनले भने, ‘नागरिक हर्षित भएका छन ।’कोरोना महामारीसंगै नागरिकलाई स्वास्थ्य परामर्स समेत दिएको बताए । भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले नगरभित्र रहेको १९ स्वास्थ्य केन्द्रमा पहुँच नभएका नागरिकलाई स्वास्थ्य सेवा दिलाउनका लागि शिबिर आयोजना गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले दिर्घरोगी, गर्भवती, महिला बालबालिका र जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिईएको बताए । ‘पहिलो चरणमा सफलता पुर्वक शिािर सम्पन्न गरेका छौँ, ‘उनले भने, ‘अगामी दिनमा समेत गछौँ ।’ उनका अनुसार अनाथालय र बृद्धआश्रममा समेत शिबिर संचालन गरिने बताए । नगरपालिकाले नगरका आधारभूत स्वास्थ्य सेवा विस्तार हुन नसकेका गाँउबस्तीमा विशेषज्ञ स्वास्थ्य शिबिर मार्फत नागरिकलाई गाँउमै स्वास्थ्य सेवा दिनका लागि शिबिर आयोजना गरिएको उनले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सक मार्फत चेकजाँच, निःशुल्क औषधी वितरण गरिएको थियो । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर विशेषज्ञ शिबिर मार्फत नागरिकलाई स्वास्थ्य राख्नका लागि अभियान थालिएको बताए । आगामी दिनमा समेत थप स्तरिय स्वास्थ्य सेवा दिलाउने बताए ।

‘अहिले कोरोना कहर चलेको छ, ‘मेयर विष्टले भने, ‘अन्य रोगको संक्रमणले कोरोना सक्रमण बढ्न सक्छ, त्यसैले स्वच्छ जिवनका लागि विशेषज्ञ सेवा विस्तार गरेका हौँ ।’ गाँउमै विशेषज्ञ चिकित्सकलाई आफ्ना समस्या राख्न पाएकोमा स्थानीय हर्षित भएका छन् । ‘हाम्रो गाँउमा सिटामोल समेत पाईदैन, ‘खल्लामछेट्टीकी धना लुहारले भनिन, ‘आज गाँउमै उपचार पाए ।’ पेटको समस्या भएकी धनाले आर्थिक अभावका कारण ठुला अस्पतालमा उपचार गर्न जान नसकेपनि गाँउमै परार्मस र औषधी पाएको बताईन् । टाउँको दुख्ने समस्या भएको स्थानीय मदन धामीले रकम अभावका कारण यस अघि ब्रम्हदेब स्वास्थ्य चौकीमा गएर औषधी खाँदै आएको बताए । ‘ब्रम्हदेब गएर औषधी खान्थे, ‘उनले भने, ‘आज गाँउमै शिबिर संचालन भएपछि त्यहीबाट औषधी खाईरहेको छु ।’ भीमदत्त नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकता राख्दै आएको कार्यक्रमप्रति नागरिक सहित सरोकारवाला पक्षले सकारात्मक कार्यक्रम भएको टिप्पणी गरेका छन् ।

ताजा समाचार