‘नेगीलाई केन्दीय सदस्यबाट हटाएको छैन’ सोतीलाई पार्टीको सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरियो : समाजवादी पार्टी

कञ्चनपुर

समाजवादी पार्टीले समाजवादी पार्टीकी केन्दीय सदस्य तथा प्रदेश कोषाध्क्ष माया नेगीलाई केन्दीय सदस्यबाट नहटाएको जनाएको छ । समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश (७ नम्बर प्रदेश) कैलालीले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेगीलाई केन्दीय सदस्यबाट नहटाएको जनाएको हो । समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य तथा प्रदेशको कार्य समिति कोषाध्यक्ष माया नेगीलाई केन्दीय सदस्यबाट बर्खास्त गरिएको भन्ने निराधार प्रचार भएको स्पष्ट सो पार्टी पारिएको छ ।

प्रदेश सदस्य सिद्धराज सोती विगत एक बर्षदेखि पटक पटक पार्टीको विधान र साँगठानिक विधि पद्धति विपरित काम गर्दै आएको र बोल्दै आएकाले प्रदेश समितिका विभिन्न पदाधिकारीले उक्त गतिबिधी नगर्न नगराउन निर्देशन दिदा समेत अटेरी गरि आफ्नो पार्टीको विधान र साँगठानिक हित विपरित बोल्दै आएको जनाएको छ । समाजवादी पार्टीका प्रदेश ७ का अध्यक्ष कृष्ण कुमार चौधरी हस्ताक्षर गरेको विज्ञप्तीमा सोतीलाई पटक पटक अनुशासनको गम्भिर उलङघन गर्ने गरेकाले आजैका मितिबाट पार्टीको सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।

पार्टी विपरित हिडेको भन्दै निलम्बनमा परेका सिद्धराज सोतीले आफुलाई कहिल्यै पनि निर्देशन अनुसार काम गरेको र पार्टीको विरुद्ध अनुशासन उलङघन नगरेको बताए । ‘म इमान्दारितापुर्वक पार्टीको काम गर्दछू, ‘सोतीले भने, ‘यस बिरुद्ध आदालत जान्छु ।’ आफ्नो चरित्र हत्या भएको उनले दावि गरे ।

ताजा समाचार