दोधारा चाँदनीमा १५ सय्याको अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी

दोधारा

माहाकाली नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ् । पाँच वर्ष भित्र सबै स्थानीय तहमा कम्तीमा १५ सय्याको अस्पताल र हाललाई २ सय ५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीती तथा कार्यक्रम अनुसार माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई स्त्तोरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको जग्गाको निधो संगै अस्पताल कार्यदल गठन गरेपछि स्थानीय खुशी भएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ (साबिकको दोधारा–३) को गौचरन जग्गा हाल पुर्णागिरी उपभोक्ता समुहको संरक्षणमा रहेको जग्गामा अस्पताल निमार्ण गर्ने माहाकाली नगरपालिका कार्यपालिकाले निर्णय गरेपछि स्थानियहरु १५ सय्याको अस्पताल बनाउन हौसिएको हुन् । उक्त जग्गा प्रस्तावित सामुदायिक बन रहेको बताईएको छ् । हिजो र आज गरि अस्पताल निमार्ण कार्यदलले जग्गाको स्थलगत निरिक्षण संगै पुर्णागिरी उपभोक्ता समुहका दाधिकारी तथा स्थानियहरु संग भेट गरेको छ् ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित महाकाली नदीको छेउमा रहेको सिट नं. ०२६००९०, कित्ता नं. ८२ को जग्गा मध्येबाट उत्तर तर्फको २ बिघाह (१३५४२.२६ बर्गमिटर) जग्गालाई माहाकाली नगरपालिकाको स्वामित्वमा लिई अस्पताललाई हस्तान्तरण गर्न आवश्यक प्रकृया अघि बढाईएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । ‘आज पुर्णागिरी उपभोक्ता समुहका पदाधिकारी, स्थानिय तथा अस्पताल निमार्ण कार्यदलका पदाधिकारीहरुको बैठकले माहाकाली नगरपालिका वडा नं. ६ को पुर्व महाकाली नदीको बाँध, उत्तर तर्फ ईन्द्र मध्यवर्ती सामुदायिक बन क्षेत्र, दक्षिण सार्वजनिक बाटो चार किल्ला भएको जग्गालाई पुर्णागिरी उपभोक्ता समुहले संरक्षण राखिरहेको जग्गामा माहाकाली नगरपालिकाद्धारा १५ सय्याको अस्पताल निमार्ण गर्नको लागी माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको संयोजकत्वमा आएको जग्गा ब्यवस्थापन टोलीले यस समुहका उपभोक्ता, स्थानिय जनता, सामाजसेवी संग सो सम्बन्धमा छलफल अन्तरक्रिया गरि तपसिल सर्तहरु राखी उक्त १५ सय्याको अस्पताल निमार्णका लागी जग्गा उपलब्ध गराउन हाम्रो संरक्षणमा रहेको जग्गा हस्तान्तरण गर्ने पुर्ण सहमती रहेको ब्यहोरा सहित सर्वसम्मतीबाट निर्णय गरियो ।’

अस्पताल निमार्ण कार्यदल, पुर्णागिरी उपभोक्ता समुह, स्थानियहरुको आज बसेको बैठकमा भनिएको छ् । बैठकमा स्थानिय जनताहरुको भोगचलनमा रहेको जग्गा पुर्व तर्फ नाला भन्दा पुर्व तारवार गरिने, तारवार तारवार अन्तर्गत ८ मिटर सडकको लागी जग्गा छुट्याईने छ् । निमार्ण कार्य लगाएत अन्य कार्यमा समुह तथा समुदायका सदस्यहरुको योग्यता अनुसार रोजगारीको अवसरहरुमा प्राथमिकता दिईने छ् । अस्पतालको जग्गा ब्यवस्थापनको लागी तारवार र रेखाकंनको लागी माहाकाली नगरपालिका कार्यालय संग अनुरोध गर्ने निर्णय समेत गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा अस्पताल निमार्ण कार्यदलका संयोजक दिल बहादुर सिजालीले जानकारी दिएका छन् । अस्पताल निमार्णको जग्गाको समस्या हल भएको वडा अध्यक्ष तथा अस्पताल निमार्ण कार्य दलका संयोजक दिल बहादुर सिजाललिे बताए । उक्त स्थानमा अस्पातल बनाउने निर्णय निकै स्वागत योग्य रहेको स्थानिय तथा पुर्णागिरी उपभोक्ता समुहका अध्यक्ष मान बहादुर थापाले बताएका छन् ।

थानिय तथा पुर्णागिरी उपभोक्ता समुहका अध्यक्ष मान बहादुर थापाका अनुसार यसले यो क्षेत्रका बासिन्दालाई ठूलो सहयोग पुग्ने भएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा क्षेत्रमा जग्गाको अभावको कारण महाकाली नदी नजिक रहेको गौचरन जग्गा (हाल पुर्णागिरी उपभोक्ता समुहको संरक्षणमा रहेको) क्षेत्रमा अस्पताल बनाउने तयारी माहाकाली नगरपालिकाले गरेको छ् । रु. १८ करोडको बहुवर्षिय योजनामा यस वर्ष संघिय सरकारले रु. १ करोड रकम बिनियोजन गरेको बताईएको छ् । अस्पतालको प्रकृया अघि बढाउन अस्पताल निमार्ण कार्य संचालनार्थ आवश्यक पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत आधारभुत अस्पताल भवन निमार्ण सम्बन्धी निर्देशिका २०७७ को दफा ३ बमोजिमका कार्यहरु बढाउने कार्य माहाकाली नगरपालिका कार्यालयले अघि बढाएको छ् । मन्त्रालयले देश भरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकी सहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालमा स्त्तोरउन्नती गर्ने निर्णय गरेको हो । स्त्तोरउन्नती हुने स्वास्थ्य संस्थामा निर्माण कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ । देशभरका अहिले सम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्नेछ् ।

 

ताजा समाचार