सबैको बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर
भी.न.पा १८ जानकीटोलमा कार्यालय रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं वार्षिक साधारण सभा सम्पन्न भएकोछ । २०६६ मार्ग ८ गते जिल्ला सहकारी डिभिजन कार्यालयमा दर्ता भै संचालनमा आएको उक्त संस्थाले आफ्ना सदस्यहरुको उन्नति प्रगतिमा हातेमालो गर्दै सहयोगी भूमिका निर्वाह गर्दै आईरहेको छ । कोरोना महामारीका कारण समाजिक दूरी कायम गरि संचालित सभा संस्थाका संचालक समिति अध्यक्ष गोविन्द बहादुर स्वारको सभापतित्वमा संचालन भएको थियो । भी.न.पा.सहकारी विभाग प्रमुख विनिता विष्टको प्रमुख आतिथ्यमा संचालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति सदस्यहरुका साथै संस्थाका कर्मचारी परिवारको उपस्थिति रहेको थियो ।

सो सभामा संस्थाको आ.व.०७६/७७ को प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष गोविन्द बहादुर स्वार, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रविन्द्र के.सी.,लेखा प्रतिवेदन लेखा संयोजक विशन जोशी र विविध कार्यक्रम बारेको प्रतिवेदन सचिव दीपक कुवरले बाचन गर्नु भएको थियो । उक्त सभामा संचालनमा रहेका नीति एवं कार्यविधि परिमार्जन र केही थप नीति एवं कार्यविधिहरु छलफलकालागि प्रस्तुत भएका थिये ती नीति एवं कार्य विधिहरु स्वीकृत पश्चात अविलम्ब लागु हुनेछन ्। साथै संस्थाका वजार प्रतिनिधिहरुद्वारा विगत १५ दिन देखि सदस्यहरुबाट संकलित सुझावहरु र अन्य विविध विषय उपर व्यापक छलफल भएको थियो ।

सो सभालाई प्रमुख अतिथि विष्टले सम्बोधन गर्दै सफलताको शुभकामना दिनु भएको थियो । संस्थाकी उपाध्यक्ष कमला पाण्डेयले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव दीपक कवरले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष स्वारले कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिदै अाँउने चाड तिहार र छठको शुभकामना समेत दिनु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds