दिव्या मसाला उद्योगद्वारा क्रीकेट क्लबलाई जर्सी सहयोग

पुनर्वास
पुनर्वासको पहिलो मसाला उद्योग दिव्या मसाला उद्योगका सञ्चालकले क्रीकेट खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् । पुनर्वास नगरपालिका-५ भानुबस्तीमा अवस्थित दिव्या मसाला उद्योगका सञ्चालक दिपक सुनारले शुक्रबार पुनर्वास क्रीकेट युथ क्लबका खेलाडीहरुलाई उद्योगको छाप सहितका बाह्र थान जर्सी सहयोग गरेका हुन।
क्लबका क्याप्टेन रोशन जैसीलाई जर्सी हस्तान्तरण गर्दै खेल मार्फत राष्ट्रलाई विश्वमा चिनाउन खेलाडीहरुको निकै महत्वपूर्ण भुमिका रहने हुँदा खेलाडीहरुमा थप उर्जा प्रदान गर्न आफुले जर्सी सहयोग गरेको मसला उद्योग सञ्चालक सुनारले बताए । उनले विगतमा पनि विभिन्न खेलकुदका कार्यक्रममा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगमा पछि नहट्ने बताए ।

ताजा समाचार