बेलडाँडीका किसानलाई कार्तिके उखु खेती गर्न मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम

कञ्चनपुर
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा उखु कृषकहरुलाई कार्तिके उखु खेती गर्न मुख्य मन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समितिले अनुदानमा आधारित कार्यक्रम ल्याएको छ । कार्यक्रम लागु भए संगै बेलडाँडीका तिन वटा वडाका पन्ध्र स्थानमा कार्तिके उखु खेति प्रदर्शनी कार्यक्रम गरिएको हो । बेलडाँडीमा मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएका वडा नम्बर–१,३ र ४ मा कार्तिके उखु खेति गर्ने कृषकलाई मल, बिउ, बिषादी र सुस्मतत्व सय प्रतिशत अनुदानमा आधारित भएर उपलब्ध गर्ने कार्यक्रम गरिरहेको मुख्य मन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिहले बताउनु भयो ।

उनले भने (०८२७२) नामक कार्तिके उखु खेतिले किसानलाई धेरै फाईदा हुने भएकाले यस तर्फ आकर्षित गर्न कार्यक्रमले टेवा पुग्ने लक्ष्य रहेको र यस कार्यक्रमलाई प्रवद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट ५० लाख अनुदान समेत उपलब्ध भएको उनले बताए । किसानलाई चारैतिरबाट फाईदा हुन साथैे राम्रो प्रतिफल मिल्ने भएकाले किसानलाई अनुदानमा आधारित कार्यक्रम लागु भएको उहाँको भनाई छ । किसानहरुलाई उखु खेतीलाई आधुनीकीकरण बनाउन महाकाली सुगर मिलले समेत यस कार्यमा सहजिकरणको भुमिका निर्वाह गदै आएको महाकाली सुगर मिलका उखु प्रबन्धक सि.डि. पाण्डेको भनाई छ । उनले भने अहिले यहाँका किसालाई कार्तिके उखु खेतीको बारेमा थप जानकारी गराउदै यस तर्फ उन्मु गर्न आफुहरु लागि रहेका बताए । कार्तिके उखु खेतिबाट उखु राम्रो हुनुका साथै अन्तरबालि दोहोरो खेती गर्न समेत सजिलो हुने उहाँको भनाई रहेको छ ।

कार्तिके उखु खेतीबाट धेरै फाईदा र राम्रो उखु उत्पादन हुने भएपछि आफु पनि अहिले पाँच कठ्ठा क्षेत्रफलमा कार्तिके उखु खेति गरि रहेको बेलडाँडी–१ का वडा सदस्य समेत रहेका किसान शंकर भट्टको भनाई छ । उहाँले भने उखु राम्रो हुने तर लगानी नभएका किसानहरुका लागि मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम निकै प्रभावकारी भएको बताए । यसरी अहिले मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागु भए संगै किसाहरुले धेरै फाईदा पाएको बताएका छन् । कार्यक्रमले विगतका बर्षहरुमा ५० प्रतिशत अनुदानमा आधारित कृषि उपकरण समेत किसानहरुलाई उपलब्ध गरेको थिए । यस्तै आगामी कार्यक्रम समेत यस बर्ष नयाँ अनुदानमा आधारित कृषि उपकरण किसानलाई उपलब्ध गराउने कार्यक्रम रहेको मुख्य मन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समतिका अध्यक्ष सिहले बताउनु भयो ।

ताजा समाचार