सुक्खा बन्दरगाह–महाकाली कोरिडोर जोड्ने सडक विस्तार

 कृष्ण नेपाली/कञ्चनपुर

सुक्खा बन्दरगाह–महाकाली कोरिडोर जोड्ने कञ्चनपुरको गड्डाचौकीदेखि ब्रम्हदेबसम्मको सडक विस्तार भईरहेको छ । दार्चुलाको तिङकरदेखि कञ्चनपुरको ब्रम्हदेबसम्म बन्ने महाकाली कोरिडोरलाई दक्षिण सुक्खा बन्दरगाह चाँदनीसम्म जोड्ने विचको सडकखण्डको काम शुरु भएको हो । बिहीबारदेखि भीमदत्त नगरपालिकाले ट्याक खोल्ने काम शुरु गरेको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उत्तर महाकाली कोरिडोर र दक्षिण सुक्खाबन्दरगाह निर्माण स्थललाई जोड्ने हिसाबले सडक विस्तार भईरहेको बताए । ‘अहिले हामीले ट्याक खोल्ने काम शुरु गरेका छौँ, ‘मेयर विष्टले भने, ‘दिर्घकालिन रुपमा सडक थप विस्तार हुन्छ ।’ नगर प्रमुख विष्टले चाँदनी–गड्डाचौकी–ब्रम्हदेब सडक विस्तार भईरहेको बताए । ‘सीमा क्षेत्रबाट भारतीय पक्षले अवरोध गरेपछि स्थानीयले सडक निर्माणका लागि सहमती जनाएपछि सडक विस्तारमा जुटेका छौँ, ‘उनले भने, ‘सडक विस्तार हुन्छ, यसैलाई कोरिडोर र सुक्खाबन्दगाहसंग जोड्छौँ ।’

भीमदत्त नगरपालिकाले यस अघि नै सो क्षेत्रका स्थानीयको यातायात समस्या मध्य नजर गर्दै सडक विस्तारका लागि पहल थालेको बताउदै मेयर विष्टले भारतीय पक्षको अवरोधका कारण रोकिएको बताए । ‘भीमदत्त नगरपालिकाले बाह्यी चक्र्रथमका रुपमा विस्तार गर्ने सडक योजनामा भारतीय पक्षबाट अवरोध भयो, ‘मेयर विष्टले भने, ‘अहिले स्थानीयले १०मिटर जमिन दिने सहमतीसंगै विचगाँउबाट सडक विस्तार हुन्छ ।’ बषौँदेखि सडकको पहुँचबाट टाढा भएका सीमावर्ती गाँउका स्थानीय समेत हर्षित भएका छन । स्थानीय जनक बहादुर चन्दले सडक विस्तारसंगै स्थानीयलाई सहज हुने बताए । ‘पहिला दशगजा भएर हिडडुल गर्नुपथ्यो, ‘अब सिधै जनताले नेपाल टु नेपाल सडक पाउने छन ।’ स्थानीय एव नेकपा भीमदत्त नगरकमिटि युवा नेता सुरेश भट्टले लामो समयदेखि सडकको पहुँचबाट बञ्चित भएका स्थानीयलाई सुविधा हुने बताए । सुदूपश्चिम प्रदेश सभा सदस्य एव पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलले हाललाई १० मिटर सडक निर्माण हुने बताए । ‘कोरिडोर र सुक्खाबन्दरगाहसंगै जोड्ने सडक विस्तार हुँदा मुआब्जाका लागि प्रदेशका तर्फबाट सहयोग गछौँ, ‘पुर्वराज्यमन्त्री रावलले भने, ‘अहिलेका लागि गड्डाचौकी ब्रम्हदेब जोड्ने सडक मात्रै विस्तार हुन्छ ।’ गड्डाचौकीदेखि ब्रम्हदेबसम्म १४ किलोमिटर विस्तार हुने सडकको स्तरोन्नतीका लागि संघीय सरकारबाट चालु आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ७० लाख बजेट आएको छ ।

प्रतितिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले सो सडक कालोपत्रेका लागि बहुबर्षियमा ठेक्का लगाएर विस्तार गरिने बताए । ‘उत्तरचीनदेखि दक्षिण भारत जोड्ने महाकाली कोरिडोरलाई विचमा कहाँबाट जोड्ने भन्ने थियो, ‘दक्षिणबाट गड्डाचौकीसम्म ६ लेन सडक आईसकेकोछ, ‘उनले भने, ‘ब्रम्हदेबदेखि उत्तर महाकाली कोरिडोरको समेत काम शुरु भएको छ, अब गड्डाचौकीदेखि ब्रम्हदेब जोड्ने सडक विस्तार हुन्छ ।’ महाकाली कोरिडोरको काम शुरु भईसकेको बताउदै प्रतिनिधी सभा सदस्य भट्टले महाकाली नदीमा पक्की पुल, चाँदनीमा सुक्खाबन्दरगाह र महाकाली कोरिडोरसंगै त्रिद्देशीय नाका विस्तार गरिने बताए ।

ताजा समाचार