लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा अमर सिह राना चयन भएका छन् ।मंगलबार लालझाडी क्षेत्रका सामुदायिक वन सरक्षणर्मीको भेलाले रानालाई लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा चयन गरेको हो । नेकपाका स्थानीय नेता एव संरक्षकर्मी समेत रहेका रानालाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरिएको जनाईएको छ ।

सचिवमा विष्णु प्रसाद चौधरी, कोषाध्यक्ष शारदा राना रहेका छन । भने सदस्यहरुमा मोतिराम राना, देव कुमार चौधरी, चन्दर राना, हंसराम राना, हिरादेवी राना, छोटी राना पप्पु राना, र खडक साउद चयन भएका हुन । लालझाडी स्तरिय सामुदायिक वन समन्वय मितिका अध्यक्ष अमर रानाले सामुदायिक वनको संस्थागत विकास, उपभोक्ताको मागमा जोड दिने बताए । अध्यक्ष रानाले सबै सामुदायिक वनमा चोरी सिकारी नियन्त्रण, जनचेतनामुलक र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए ।

ललझाडी गाउँपालिका अन्र्तगतको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टिकाराम चौधरीको अध्यक्षतामा, लालझाडी गाउँपालिका प्रमुख मदनसेन बडायक प्रमुख अतिथी रहेका थिए, भने विशिष्ठ अतिथी गाउँपालिका उपप्रमुख सत्यदेवी महरा र रामनगर सव डिभिजन वन कार्यालयका कुरुणाकर जोशी रहेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds