शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु चोरी शिकार बढ्यो

 दोधारा 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लकडाउनको समयमा वन्यजन्तुको चोरी शिकार कार्य बढेको छ् । । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बर्गौला तथा पिपरैया आसपासका माहाकाली नगरपालिका संग जोडिएको क्षेत्रमा वन्यजन्तुको चोरी तस्करी बढ्दै गएको हो । माहाकाली नगरपालिका वडा नं. ६, ७, ९ र १० वडा संग जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको चोरी तस्करी बढ्दै गएको स्थानियहरुले बताएका छन् । हिजो माहाकाली नगरपालिका वडा नं. ९ बडवाल टोलका एक स्थानिय हेम बहादुर सुनारको पानी पिउन तथा चरिचरनको लागी महाकाली नदीको छेउमा पुगेको भैसीले शिकारीले थापेको बम खादा भैसीको मुख क्षतबिक्षत भएको छ् ।

बिहान करिब बिहान ९ बजे महाकाली नदीको बगरमा शिकारीहरुले थापेको बम भैसीले चपाउदा हेम बहादुर सुनारले पालेको भैसी सक्त घाईते भएको स्थानियहरुले बताएका छन् । भैसीले शिकारीले थापेको बम चपाउदा भैसीको मुखको भाग पुर्णरुपमा क्षती भएको छ् । वन्य जन्तु शिकारीहरुले बन्दुकले शिकार गर्नको साटो अहिले आएर पाँसो थाप्ने, बिष प्रयोग गर्ने, बम थापेर बदेंल तथा चित्तल लगाएत वन्यजन्तुको शिकार गर्ने कार्य बढ्दै गएको स्थानियहरुले बताएका छन् । शिकारीहरुले अलपत्ररुपमा थाप्दै आएको बमको कारण शुक्लाफाँटा वन्यजन्तु क्षेत्र आसपास स्थानियहरु जान समेत डर मान्न थालेका छन् । शिकारीहरुले वन्यजन्तु मार्न प्रयोग गरेका बमका कारण मानविय क्षती हुन सक्ने सम्भावना बढी रहेको स्थानियबासी खेम बहादुर थापा बताउछन् ।

केही दिन अघि मात्रै शिकारीहरुले वन्यजन्तु मार्न थापेको बम खेलाउदा माहाकाली नगरपालिका वडा नं. ६ निवासी बिरमता दमाईको छोरो महेन्द्र दमाईको हात क्षतबिक्षत भएको थियो । बमलाई वन्यजन्तुले खाने लायक बनाएर वन्यजन्तु चरीचरन गर्ने सम्भावित स्थानमा थाप्ने गर्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट वन्यजन्तुहरु बस्तीमा स्थानिय किसानहरुले लगाएको खेती खान आउन थालेपछि शिकारीहरुले खेती क्षेत्रमा बम थाप्दा चौपायाको ज्यान जाने गरेको स्थानियबासीको ठहर छ् । स्थानिय अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको माहाकाली नगरपालिका जाडिएका सिमा बस्तीहरुमा बमको आतंक ब्याप्त रहेको छ् । शिकारीहरुले वन्यजन्तु मार्न थापेका बमको कारण माहाकाली नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमा बस्तीहरुका किसानहरुको अझै सम्म दर्जनौ चौपाया घाईते तथा मरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा दिनहु चोरी शिकार भइरहेको स्थानीयहरु बताउछन् । वन्यजन्तुको शिकार गर्न बम तथा पाँसोको प्रयोग भईरहेको बताईएको छ् । वन्यजन्तुहरु रातीको समयमा माहाकालीको मानव बस्ती तिर किसानहरुले लगाएको वाली खान आउने हुदा शिकारीहरुलाई वन्यजन्तुहरुको शिकार गर्न सहज भएको समाचार श्रोतले बताएको छ् । यहाँका शिकारीले बदेंल, चित्तल, लगाएतका वन्यजन्तुको शिकार गर्दै आएको बताईएको छ् । शिकारीहरु शिकार गर्न आफ्नो छुट्टै समूह बनाई रातीको समयमा बन्दोबस्ती सामग्री सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पस्ने गरेको बताईन्छ् । शिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी माहाकालीका बस्तीमा बिक्री वितरण हुने गरेको समाचार श्रोतको दाबी छ् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँच वर्ष देखि १५ वर्ष सम्म कैद र नगद रु. ५० हजार देखि रु. एक लाख सम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान छ् । वन्यजन्तु चोरी शिकार गर्ने खासै पक्राउ तथा कारवाहीमा नपर्दा चोरी शिकार गर्नेको मनोबल बढेको बताइएको छ् ।

ताजा समाचार