दोधारा चाँदनी सुक्खा बन्दरगाह नेकपाको झुट र भ्रमको खेती : काग्रेंस

दोधारा

सुक्खा बन्दरगाह निमार्णको बिषयमा स्थानिय जनता सशंकित रहेको तथा कुनै पनि बाहानामा सुख्खा बन्दरगाह दोधारा चाँदनी भन्दा बाहिर लैजाने प्रपन्च रचिएको बिषयमा सबैले खबरदारी गर्ने बेला आएको भन्दै नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिले बिज्ञप्ती जारी गरेको छ् । ‘यसमा पनि हामीलाई शंका लागी रहेको छ् । झुट र भ्रमको खेती के–का लागी ?, जनतालाई त्रसित र भ्रमित बनाउनुको कारण के हो ? सरकार र सतारुढ दलका नेताको बोलिको ठेगाननै किन छैन ? कहिले यता, कहिले उता आखिर किन ? पिडित स्थानिय जनतालाई जवाफ चाहिन्छ्’ नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिको सामाजिक संजाल फेसबुक पेजमा भनिएको छ् ।

नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिको सामाजिक संजाल फेसबुक पेजमा एक बिज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेकपाले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्ण गर्न भन्दा जनतालाई भ्रमित गरि भोट बटुल्ने काममा अग्रसर भएको बताएको छ् । ‘सुक्खा बन्दरगाह निर्माण शिघ्र दोधारा चाँदनीमानै हुनु पर्छ् । सुक्खा बन्दरगाह, ४ लेनको माहाकालीमा पक्की पुल, माहाकाली कोरिडोर मार्फत अन्तराष्ट्रिय त्रिद्धेशिय नाकाको स्थापना जस्ता राष्ट्रिय महत्वपूर्ण बिकासका योजना नेपाली काग्रेंसका नितान्त मौलिक र परस्पर सम्बन्धित संयुक्त योजना हुन् र नेपाली काग्रेंसको घोषणा पत्रमा समेत उल्लेखित उक्त योजना आदरर्णिय बिकास प्रेमी नेता एवम् माननीय पुर्व मन्त्री रमेश लेखकज्युको सपना पनि यहि नै हो ।

तिनै वटा महत्वपूर्ण योजनाको शिलान्यास नेपाली काग्रेंसका पार्टी सभापति एवम् तत्कालिन सम्माननिय प्रम शेर बहादुर देउबाज्यु तथा तत्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकज्यु, माननीय पुर्व सिचाई मन्त्री एनपि साँवदज्युकद्वारा महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माणको शिलान्यासलाईनै औपचारीक शिल्यान्यास मान्न सकिन्छ, किन भने राष्ट्र गौरवका आयोजना संयुक्त र परस्पर समबन्धित योजना हुन र दुबै देशको बृहत र हितलाई मध्यनजर गर्दै तयार गरिएको सम्झौता हुन् । काग्रेंसले अघि सारेको यी योजना संचालन गर्न आलटाल, ढिला सुस्ती वा योजना अन्यत्रै लैजाने सम्भावना बढेको अनुभूति गर्दै सुक्खा बन्दरगाह सिघ्र दोधारा चाँदनीमानै बनाईनुपर्छ भन्ने उद्देश्य राखी दवाव स्वरुप नेपाली काग्रेंसले २०७६ फाल्गुन पहिलो साता देखि झण्डै दश हजार ब्यक्तिको व्यापक हस्ताक्षर संकलन अभियान संचालन गरि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको ब्यहोरा अवगत गराउन चाहन्छौं । नेपाली काग्रेंस सदा सर्बदा बिकासको पक्षमा उभिएको र बिकासको बाधक होईन्, साधक बन्न चाहन्छ् ।

नेपाली काग्रेंसले बिकासका लागी सुक्खा बन्दरगाह लगाएत सबै बिकासे महत्वपूर्ण परियोजनामा सहमती, सहकार्य गर्दै सहयोग गर्न चाहान्छ् । सुक्खा बन्दरगाह जहाँ बने पनि दोधारा चाँदनीमानै बन्नु पर्छ् । अब धेरै बिलम्ब नगरी निर्माण कार्य संचालन होस, नेपाली काग्रेंसको पुर्ण इमान्दारिता साथ सहयोग समर्थन रहने प्रतिबद्धता ब्यक्त गर्दछौं । बिगत ५ बर्ष देखि सुक्खा बन्दरगाह कञ्चन भोजमानै बन्छ भनेर सत्तारुढ नेकपाका नेता तथा जनप्रतिनिधीज्युहरुले आश्वाशन दिदै आएका र पटक पटक स्थलगत अवोलोकन, अनुगमन गर्दै नानाथरीका कार्यक्रम समेत गरि स्थानिय जनताको बस्ती उठाउने, दिग्भ्रमित गर्ने, पिडा र मानसिक यातना दिने कार्य घोर अमानबिय, निन्दनिय र आपत्तिजनक छ् । झन्डै दुई साता अघि यस क्षेत्रमा आउनु भएकी माननीय संघिय सांसद निरु पालज्युले कार्यक्रम मार्फत मिडियामा दिएका अभिब्यक्ती अनुसार प्राबिधिक टोली सहितको दुई देशको सहमती भयो, सुक्खा बन्दरगाह कञ्चनभोजमानै बन्छ, ढुक्क रहनु होस्, सबैले सहयोग गरौं, भनेको दुई साता नबित्दै अचानक आज कसरी प्राबिधिक कारणले कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन सकिएन ? के कारण हो ? यसको जवाफ जनता जान्न चाहान्छन् ।

हिजो सम्म सुक्खा बन्दरगाहा कन्चनभोजनै बन्छ भनेर जनता त्रसित, दिगभ्रमित र मानसिक यातना दिदै हिडनेहरु आज अचानक बन्दरगाह गौरी शंकर सामुदायिक बन क्षेत्रमा बन्छ भन्दै कार्य शुभारम्भ हतार–हतार गरियो । २०७३ सालको बजेट तथा निति कार्यक्रममा समेत परेको बन्दरगाहको हाल सम्म कुनै ठोस अनुगमन र प्राबिधिक कार्य, दुईदेशिय संयुक्त कमिटीको अनुगम, बैठक र अन्तिम निर्णय, सम्झौता, डिपिआर, टेन्डर प्रकृया, ठेकेदार नियुक्त गर्ने जस्ता महत्वपूर्ण कामलाई पुर्णता नदिई, बेवास्ता गरि हतार–हतारमा स्थानियबासिलाई भेला जम्मा गर्दै माननीय उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टज्युको प्रमुख आतिथ्यमा कार्य शुभारम्भ कार्यक्रम गरिनु आफैमा रहस्यमयी एवम् शंकास्पद भएको सहजै अनुमान गर्न सकिन्छ् ।

भोलीका दिन पनि मायापुरी, गौरिशंकर होईन अन्य कुनै ठाँउ प्राबिधिक कारणले उपयुक्त भन्न बेर नहोला । यस बिषयमा स्थानिय जनता सशंकित छन । यसरी कुनै पनि बाहानामा सुक्खा बन्दरगाह दोधारा चाँदनी भन्दा पनि बाहिर लैजाने प्रपन्च नरचियोस् । यसका लागी हाम्रो खबरदारी जारी छ् । यसमा पनि हामीलाई शंका लागी रहेको छ् । झुट र भ्रमको खेती के का लागी ?, जनतालाई त्रसित र भ्रमित बनाउनुको कारण के हो ? सरकार र सतारुढ दलका नेताको बोलिको ठेगान नै किन छैन? कहिले यता कहिले उता आखिर किन ? पिडित स्थानिय जनतालाई जवाफ चाहिन्छ् ।’ जारी बिज्ञप्तीमा भनिएको छ् ।

ताजा समाचार