महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समिति बेलडाँडीको ८औ साधारण सभा सम्पन्न

महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समिति बेलडाँडीको ८औ साधारण सभा सम्पन्न भएको छ । महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समिति बेलडाँडीको ८औ साधारण सभा सम्पन्न भएको छ । सोमबार कार्यलयमा एक कार्यक्रमका माझ साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिका अध्यक्ष बीर बहादुर बडवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री रहनु भएको थियो । भने बिशिष्ट अतिथिमा महाकाली सिंचाई व्यवस्थापन डिभिजन कार्यालय महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख भु. विक्रम लिम्बु, प्रथम चरणका अध्यक्ष दिलिप कुमार बडायर रहेका थिए ।

भने अतिथिहरुमा वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले सिंचाई व्यवस्थापनको सवालमा अझ सशक्त रुपमा कार्ययोजना बनाई अगाडी बढनु पर्ने अवस्था रहेको भन्दै टर्सरी निर्माण गर्दा र अन्य सिंचाई सम्बन्धि विभिन्न कार्यहरु गर्दा समितिले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिए । यस्तै उहाँले भने “बेलडाँडी क्षेत्रको वडा नम्बर ३ र ५ मा सिमसार क्षेत्र रहेको र सो क्षेत्रलाई कसरी उब्जनी योग्य बनाउन सकिन्छ सो कार्यमा आवश्यक पहल गर्न गाउपालिका लागि रहेको समेत बताउनु भयो ।” अगामी दिनमा महाकाली सिंचाईका अन्य कार्यक्रममा गाउँपालिकाबाट गर्न सकिने सहयोग गर्न आफु तत्पर रहेको समेत बताए ।

कार्यक्रमका विशिष्ट अतिथि भु. विक्रम लिम्बुले अहिले विगतका बर्षहरु जस्तो रुपमा बजेट नभएको र केहि बजेट रहेको र सो बजेटलाई आवश्यकताको पहिचान गरी सिंचाई व्यवस्थापनका कार्यमा खर्च गरीने बताए । यस्तै उहाँले बेलडाँडी क्षेत्रका चार वटै ब्लकमा विशेष योजना बनाएर उचित बजेट निर्धारण गरेर काम गरिने बताउनु भयो । साथै ब्लकहरुमा गरिने कार्यका लागि कार्यालयले सबै तयारी अगाडी बढाई सकेको समेत बताए । यस्तै पाँच वटै वडा अध्यक्षको तर्फबाट बोल्दै बेलडाँडी गाउपालिका वडा नम्बर–२ अध्यक्ष प्रेमराज खातीले सिंचाई सुविधालाई थप सुदृढ गरेर लैजानु पर्ने र हरेक किसानको खेत खेतमा पानीको सुविधा कसरी पुर्याउन सकिन्छ सो कार्यमा लाग्नु पर्ने बताए । यस्तै उहाँले अहिले दैजि बेलडाँडी सडक अन्तरगत सिंचाईको सडकलाई हुलाकी सडक अन्तरगत ल्याई सकेको अवस्था भएपनि महाकाली सिंचाईले कर उठाई रहेको र त्यस कार्यमा ध्यान जानु पर्ने कुरा राख्नु भयो ।

कार्यक्रमका सभापति समेत रहेका महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिका अध्यक्ष बीर बहादुर बडवालले २०७६÷०७७ को आय व्यय प्रस्तुत गर्नु भएको थियो । जस अन्तरगत सिंचाई सेवा शुल्क बाफत उठेको रकम ६ लाख ८३ हजार ३ सय ६० रुपयाँ, सि. विभाग तथा महाकाली ब्यवस्थापन कार्यालयबाट अनुदान १ करोड ८९ लाख ३० हजार ७५ रुपयाँ, मेसिनरी औजार ब्यवस्थापनबाट आम्दानी ५ लाख ६० हजार, फलफुलको ठेक्काबाट आम्दानी ३ हजार रुपयाँ भएको छ । भने ब्यय तर्फ विभिन्न शिर्षकमा जम्मा खर्च २ करोड २८ लाख ७३ हजार ७ सय ७७ रुपयाँ खर्च भएको म.सिं.ज.उ.सं. द्धितीय चरण क्षेत्रीय समितिका अध्यक्ष बडवालले सार्वजनीक गरेको आय ब्यय विवरणमा उल्लेख गरीएको छ ।

ताजा समाचार