भीमदत्त नगरपालिकालाई क्वारेन्टाईन समाग्री

कञ्चनपुर
भीमदत्त नगरपालिकालाई स्वास्थ्य तथा क्वारेन्टाईनमा प्रयोग हुने समाग्री सहयोग गरिएको छ । निड्स नेपाल कञ्चनपुरले मंगलबार नगरपालिकालाई स्वास्थ्य तथा क्वारेन्टाईन समाग्री सहयोग गरेको हो ।

युएसएआइडी साझेदारी—सङ्घीयता सहयोगकार्यक्रम दारा सञ्चालित Assistance to the Management of Returnees & Quarantines (AMRQ) अन्र्तग भीमदत्त नगरपालिकालाई स्वास्थ्य तथा क्वारेन्टाईनमा प्रयोग हुने समाग्री सहयोग गरिएको छ।निड्स नेपाल कञ्चनपुरले मंगलबार नगरपालिकालाई स्वास्थ्य तथा क्वारेन्टाईन समाग्री सहयोग गरेको निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले एक लाख ८८ हजार बराबरको समाग्री सहयोग गरेको बताए ।


उनका अनुसार स्वास्थ्य तथा क्वारेन्टाईन सुरक्षा समाग्री रहेको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ समाग्री सहयोग गरिएको छ । समाग्री ग्रहण गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समाग्री उपयोग गरिने बताए ।

ताजा समाचार

This will close in 10 seconds