३ जना फरार प्रतिबादी पक्राउ

कंचनपुर

कंचनपुर प्रहरीले ३ जना विभिन्न मुद्दाहरुमा फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी मातहतबाट खटिएको प्रहरी टोलीले २०७४ सालदेअि फरार रहेका बहुविवाह सम्बन्धी कसुर मुद्धामा प्रतिवादी दुई जना र २०७७ भदौ २५ देखि लागु औषध खैरो हिरोयन मुद्दामा फरार एक जना प्रतिबादी लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको टोलिले जिल्लाको बेदकोट नगरपालिका वडा नं ३ बैतडाबाट सोही नपा ४ बैतडा बस्ने २५ बर्षका सुरेश लुहार र जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं ५ बस्ने २४ बर्षकी दिपा जोशीलाई मंगलवार प्रक्राउ गरेको छ । यस्तै, लागू औषध खैरो हिरोईन मुद्दामा मिति २०७७।०५ ।२५ गतेदेखि फरार रहेका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने चैतारानाका छोरा बर्ष २५ का बहाली रानालाई घर नजिकैकोठेगानामा लुकिछिपि बसेको अवस्थामा कार्तिक १७ गते पक्राउ गरेको छ ।

उनीहरुलाई कंचनपुर जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान भईरहेको कंचनपुर प्रहरीले जनाएको छ । कंचनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापा क्षेत्रीले प्रहरीले चालु आर्थिक वर्षमा ५३ जना प्रतिवादी तथा विभिन्न मुद्दाहरुमा कसूर जरीवाना नतिरेका कसूरदारहरुलाई प्रक्राउ गरिएको वताए । प्रवक्ता थापाले कंचनपुर प्रहरी निरन्तर अपराध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न कटिबद्ध रहेर काम गरिएको प्रस्ट पारेका छन् ।

ताजा समाचार