निर्माणाधिन भवनको कोठा भित्र नाङ्गो अवस्थामा लाश फेला

कञ्चनपुर
मंगलबार बिहान ७ः३० बजे गहुगोरो, पातलो शरीर भएको उचाई ५/६ ईन्च कपाल कालो र लामो पालेको निलो रातो ट्रयाक सुट लगाएको नामथर ठेगाना नखुल्लेको अन्दाजी बर्ष ४२/४३ को पुरुष ब्यक्ति भि. न.पा.वडा नं. ४ स्थित दशरत चोक नजिक बन्दै गरेको एन.टी. प्रकाश चटौत प्रतिष्ठानको नयाँ निर्माणाधिन भवनको कोठा भित्र नाङ्गो अवस्थामा लाश फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान टोली खटि घटनास्थलमा लाँश जाँच गरी लाश शब परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी गराउनु भयो ।

ताजा समाचार