प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई निड्स नेपालले सरसफाईमा सहयोग गर्ने

दोधारा 

प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई निड्स नेपालले सरसफाईमा सहयोग गर्ने भएको छ् । माहाकाली नगरपालिका स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई झण्डै रु. ३ लाख बराबरको स्वास्थय केन्द्रको सरसफाईमा सहयोग गर्ने भएको छ् । युनिसेफ र निड्स नेपालको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाई सम्बन्धी कार्य गर्न रु. ३ लाख रकम प्रदान गर्ने भएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा शुद्ध पानी पिउनेको ब्यवस्था र शौचालय मर्मत तथा सुधार गर्न उक्त रकम खर्चा गरिने प्राथमिक स्वास्थ्य केन्द्र दोधारा प्रशासनले जनाएको छ् ।

आज प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको अध्यक्षतामा बसेको बैठकले युनिसेफ र निड्स नेपालको सहयोगमा सरसफाई सम्बन्धी कार्यक्रमको लागी छुट्याईएको रकमको प्राथमिक स्वास्थ्य केन्द्रमा शुद्ध पानी पिउनेको ब्यवस्था र शौचालय मर्मत तथा सुधार गर्न उक्त रकम खर्चा गरिने बताईएको छ् । बैठकमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका मेडिकल अधिकृत डाक्टर गगन राज चौधरी, माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगर, निड्स नेपाल कञ्चनपुरका ‘वास ईन्जिनियर’ गोकुल देब जोशी उपस्थिती रहेका थिए । बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रको खाने पानी सरसफाईको आवश्यकता पहिचान, शुद्ध पानीको आवश्यकता, शौचालयको मर्मत तथा निकासी सुधार, शौचालयमा टायल मर्मत तथा ब्यवस्थापन, प्रशुती गृहको शौचालयको आवश्यकता बिषयमा बैठकमा छलफल गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा शुद्ध पानी पिउनेको ब्यवस्था र शौचालय मर्मत तथा सुधारको कार्य एक महिनामा सम्पन्न हुने गरि कार्य अघि बढाईने उनले बताए । स्वास्थ्य केन्द्रमा शुद्ध पानी पिउनेको ब्यवस्था संगै शौचालय मर्मत भएपछि स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीलाई सहज हुने अपेक्षा राखिएको छ् । निड्स नेपाल कञ्चनपुरले माहाकाली नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगाएत माहाकाली नगरपालिकाको जनतालाई सघाउने बिभिन्न खाले कार्यक्रम बिगत लामो समय देखि गर्दै आएको छ् ।

ताजा समाचार

This will close in 10 seconds