कोभिड १९ का कारणले प्रभावित वाल वालिकालाई आर्थिक सहयोग प्रदान

१८ बर्ष मुनीका आमा बुवा दुवै नभए का विपन्न तथा कोरोना प्रभावित वाल वालिकाहरुलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र युनिसेफ नेपालको साझेदारी र सहयोगमा वाल वालिकाको शैक्षिक र सामाजिक सहयोग पुग्ने अपेक्षाले प्रति वाल वालिकालाई ५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी चाँदनी उपशाखाका सभापति जित बहादुर जिसीको सभापतित्व तथा माहाकाली नगरपालिका वडा नम्बर २ का वडा सदस्य तथा उपशाखाका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा ६ जना वाल वालिका हरुलाई ५ हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।

ताजा समाचार