महाकाली नदीमा डुबेर बेपत्ता भएको युवकको शव फेला पर्यो

दोधारा 

महाकाली नदीमा आज एक युवकको शव फेला परेको छ् । गए सोमवार आफ्न्त संग महाकाली झालुङ्गे पुल नजिक घुम्न आएका एक युवक महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । भिमदत्त नगरपालिका वडा नं. ६ निवासी वर्ष अन्ताजी २३ का सरोज डगौरा आफन्त संग महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त तथा स्थानियहरुले बेपत्ता भएका डगौरा खोजी कार्य गर्दै आएको थिए । आज बिहान उनको शव नदीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् । उनको शव नुहाएको झण्डै ३ सय मिटर पश्चिम÷दक्षिणमा नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई रहेको छ् ।

ताजा समाचार

This will close in 10 seconds