दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : धेरै चर्चा, कार्यान्वयन शुन्य

 दोधारा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताएका छन् । मन्त्री भट्टले सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताएका हुन् । मन्त्री भट्टले भारतीय पक्षबाट महाकाली नगरपालिका वडा नं. १ गौरी शंकर मध्यवर्ती सामुदायिक बन क्षेत्रमा कनेक्टीभिटी गर्नमा सहमती जनाए संगै सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताएका छन् । सो क्षेत्रमा हजार विगाह जमिन सरकारी भएकाले अधिकरण र घर जग्गा विस्थापित नहुने अवस्थामा सम्भावना बढेको बताए । प्रधान मन्त्री देखि मन्त्री तथा मन्त्रालयका कर्मचारी सहित तामझाँमका साथ २ दशक देखि प्रस्तावित निर्माणस्थल महाकाली नगरपालिका–७ कञ्चनभोजको स्थलगतमा मन्त्री तथा नेता आउदै गर्दा कञ्चनभोजमा सुक्खा बन्दरगाह बन्ने सपना देखाएका हुन् ।

त्यसपछि पनि सरकारका मन्त्री तथा नेताहरुले दोधारा चाँदनी आउदै गर्दा सुक्खा बन्दरगाह निमार्ण कञ्चनभोजमा निमार्ण स्थल हुने ठोकुवा गर्दै आएका हुन् । केही दिन अघि मात्रै दोधारा चाँदनी अचानक आईपुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह कञ्चनभोजमा नभई माहाकाली नगरपालिका वडा नं. १ गौरी शंकर मध्यर्ती सामुदायिक बन क्षेत्रमा बन्ने भने पछि स्थानियहरुले दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बन्छ कि बन्दैन भन्ने प्रश्न उठाउन थालेका छन् । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागी चर्चा सुरु भएको दुई दशक भन्दा बढी भइसक्यो । हल्ला र भाषणबाजी बढी काम भने शुन्य भएकै हो । ‘जहाँ भएपनि सुख्खा बन्दरगाहा दोधारा चाँदनीमानै हुनु पर्छ । हाम्रो सहयोग जारी छ, तर हिजो विभिन्न अवलोकन र प्राबिधिक अध्यनले उपयुक्त कञ्चनभोज आज कसरी अनउपयुक्त ?’ नेपाली काग्रेंस माहाकाली नगर सचिव राजेन्द्र मल्ल भन्छन्– ‘एउटा गम्भीर प्रश्न खडा भएको छ् । आज गौरी शंकर र मायापुरी मध्यवर्ती सामुदायिक बन क्षेत्र प्राबिधिक कारणले उपयुक्त भएको छ, फेरि भोलीका दिन अर्कै ठाँउ उपयुक्त होला भन्ने शंका कायमै छ् ।

सुक्खा बन्दरगाह यो क्षेत्र भन्दा बाहिर लान पाईदैन, अब त अति भो झुठ र भ्रम चाहिदैन् ।’ नेपाली कागे्रंस माहाकाली नगर सचिव राजेन्द्र मल्लका अनुसार बिगतक लामो समय देखि कञ्चनभोज क्षेत्रमा सुक्खा बन्दरगाह बन्ने सपना देखेका दोधारा चाँदनीबासीले अचानक अर्को स्थानमा बन्छ भन्नुले दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निमार्ण हुने, नहुने भन्ने आशंका उब्जाएको बताएका छन् । जहाँ भएपनि दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निमार्ण हुनु पर्ने उनको धारणा छ् । यस्तै ललित भट्टले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णले पश्चिम नेपालबाट भारत संग हुने ब्यापारमा सहज हुने मात्रै नभई दोधारा चाँदनीको बिकास तथा मुलुककै समृद्धि तथा समग्र भुगोल संग आबद्ध हुने राष्ट्रिय महत्वको बिषय भएको बताएका छन् । ‘दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण कार्यलाई उच्च प्राथमिकताको साथ अघि बढ्नु पर्ने बिषयमा कहिले कञ्चनभोजमा बनाउने, कहिले गौरी शंकर सामुदायिक बन क्षेत्रमा सुक्खा बन्दरगाह बनाउने भन्ने बिषयले जनता प्रति सरकारको भनाई र गराईमा बिश्वास नगर्ने अवस्था सृजना भएको छ्’ सामाजिक संजालमा ललित भट्टले लेखेका छन् ।

उनले भनेका छन्– ‘४ वर्ष सम्म कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाह बनाउने ठोकुवा तत्कालिन प्रधान मन्त्री देखि नेकपाका दिग्गज नेताहरुले बोल्दै गर्दा अचानक आज आएर गौरी शंकर मध्यवर्ती सामुदायिक बन क्षेत्रमा केही दिन अघि मात्रै सुक्खा बन्दरगाह निमार्ण हुने भनेपछि नेताहरुको भनाई र गराईमा जनतामा निरासा तथा कौतुहलता जाग्नु जायजनै हो । कञ्चनभोजमा आएर बिरोध भयो रे बिकास निमार्ण जनतमत चाहिन्छ र ? हामी प्रष्ट भएका छौं । अझै सम्म केहीनै नभाको रैछ् । मात्रै भाषण बाजी मात्रै रैछ् ।’ झण्डै ४ वर्ष अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकै इन्टरमोडल यातायात विकास समितिले समेत दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयमा सम्भाव्यता अध्ययन गरेको थियो । समितिको अध्ययनले दोधारा चाँदनीको कञ्चनभोज क्षेत्र सुक्खा बन्दरगाह निर्माणका लागी उपयुक्त स्थान रहेको औंल्याएको थियो । सुक्खा बन्दरगाह निमार्ण स्थल सारेको बिषयलाई लिएर अहिले आएर सामाजिक संजाल तातेको छ् । माहाकाली नगरपालिका निवासी बिराट भट्टले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् – ‘सुक्खा बन्दरगाह बनेपछि महाकाली नगरपालिकाको मात्र नभएर सुदुरपश्चिम र सिंगो नेपालकै अर्थ व्यवस्थामा सुधार आउने छ् ।

नेपालका बस्तुहरुले बजार पाउनेछन्, औद्योगिक विकास हुनाले उत्पादन बढ्ने छ । जसले गर्दा रोजगारी सृजना भएर राष्ट्रीय आम्दानीमा वृद्धि हुनेछ र माहाकाली नगरपालिका समृद्धिको दिशा तिर लम्किने छ् । सुक्खा बन्दरगाहका यस्ता विशेषताहरुलाई माहाकाली नगरका जनताहरुले बुझ्नु एकदमै जरुरी छ् । जस योजनाले सुदुरपश्चिमकै विकासमा कायापलट गर्न सक्छ भन्ने मान्यता बोकेको छ् । त्यस योजनाले महाकाली नगरपालिकाका १ र २ वडाहरुलाई अछुतो राख्न सक्दैन् । सुक्खा बन्दरगाह माहाकाली नगरपालिकाको जुन सुकै ठा“उमा बनेपनी यस महाकाली नगरपालिका को लागी सुवर्ण अवसर हो । यो योजना सफल भएपछि माहाकाली नगरपालिका आर्थिक रुपमा मजबुत हुने निश्चित छ् । आर्थिक रुपमा मजबुत भईसकेपछि नगरपालिका का पिछडिएका वडाहरुलाई पहिलो प्राथमिकतामा राखेर समानान्तर विकास गर्न सकिन्छ ।

त्यस कारण म, यस महाकाली नगरपालिकाका सम्पुर्ण नगरवासिहरुलाई राजनीति दाउपेचको शिकार नभई, क्षेत्रियता नहेरी, पार्टीगत स्वार्थ त्यागेर, सबै एकजुट भएर सुक्खा बन्दरगाहको स्वागत गरिदिन हुन अनुरोध गर्दछु ।’ दोधारा चाँदनीको कुनै पनि वडामा सुक्खा बन्दरगाह निमार्णको लागी स्थान तोक्दा राम्रै हुने उनको भनाई रहेको छ् । भारतको रेलमार्ग संगको कनेक्टिभिटीले माहाकाली नगरपालिकाको समृद्धि र बिकास संगै शुदुरपश्चिमको बिकासमा ठुलो टेवा पुग्ने बिराट भट्टले बताएका छन् । राष्ट्रिय महत्वको बोकेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण कार्य चाडै सुरु हुनु पर्ने उनको भनाई रहेको छ् । सुक्खा बन्दरगाह संगै क्रस बोर्डर ईकोनोमिक जोन समेत विस्तार गरिने छ् । आर्थिक विकासका लागी सो क्षेत्रलाई छनौट गरिएको र कोरिडोरकै रुपमा विकास गरिनु पर्ने बताईएको छ् । सुक्खा बन्दरगाहलाई महाकाली पुल, त्यो संगै उत्तर चिन संग जोड्नुपर्ने तथा सुक्खा बन्दरगाहको काम अघि बढे संगै आर्थिक विकास र सम्बृद्धिको अपेक्षा गरिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds