सनसेटका युवाले वेसाहारा एकल पुरुषको घर बनाईदिए

खडक रावल/चाँदनी
सनसेटका युवाले महाकाली नगरपालिका चाँदनीका एक एकल पुरुषको घर बनाईदिएका छन । सनसेट युथ अर्गनाईजेशनका अध्यक्ष रमेश भण्डारीको जन्मदिनका अवसरमा महाकाली नगरपालिका २ चाँदनीका ७५ बर्षिया एकल बृद्ध मोहन विष्टको घर बनाईदिएका हुन । वेसाहरा एकल पुरुष विष्टको बस्ने घर नभएपछि युवाहरुले उनको टिणको घर बनाईदिएका हुन ।

तीन दशकदेखि स्थानीय पूर्ण आधारभूत विद्यालयको रेखदेख गर्दै विद्यालयकै जमिनमा बस्दै आएका विष्टको बस्न घर नभएपछि सनसेटका युवाहरुले मिलेर घर बनाए दिएका हुन । सनसेट युथ अर्गनाईजेशनका अध्यक्ष रमेश भण्डारीले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा यस्तै वेसाहरा नागरिकको बस्ने घर बनाईदिएको बताए । घर निर्माणका लागि अध्यक्ष भण्डारीले समाग्री खरिद गरेका थिए, भने निर्माणमा सनसेट युथ अर्गनाईजेशनका पदाधिकारी सहभागि भएका थिए ।

दुईदिन लगाएर निर्माण गरिएको घर महाकाली नगरपालिका २ का वडाध्यक्ष कमलापति भट्टको उपस्थितिमा बृद्धलाई हस्तान्तरण गरिएको छ । युवा पिँढिले गरेको यो समाजिक कार्यप्रति स्थानीय हर्षित भएका छन । भने बृद्धलाई ठुलो राहत पुगेको छ । युवाले गाँउघरका दिनदुखी नागरिकका लागि गरेको सेवा सच्चा मानविय धर्म निर्वाह गरेको समाजिक अगुवाको भनाई छ ।

ताजा समाचार