चन्दा तिरेर वालवालिकालाई माध्यमिक तह पढाउदै मलासका जनता

डडेल्धुरा
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्वर ७ मलासमा माध्यमिक तहको शिक्षक दरवन्दि नहुदा स्थानीय वाशिन्दाहरुले चन्दा दिएर शिक्षक राख्नु परेको छ । सरकारले माध्यमिक तह सम्मको शिक्षा निशुल्क र अनिवार्य गरेको भए पनी कहिले काहि यही शिक्षा सर्वसाधारण जनताहरुलाई आर्थीक रुपले महगों पर्ने गरेको छ । यस्तै समस्याले डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्वर ७ मलासका जनताहरु वर्षौंं देखी पिडित भएका छन । अहिलेको नि:शुल्क शिक्षा पाउने समयमा पनी वार्षिक रुपमा चन्दा तिरेर स्कुल सञ्चालन भईरहेको छ भन्दा पत्याउन गाह्रो होला तर प्रति परिवार पैतिस सय देखी चार हजार रुपैया सम्म चन्दा तिर्न बाध्य छन मलासका जनताहरु ।

२०३८ सालमा स्थापना भई २०६६ मा माध्यमिक तहको स्वीकृति पाएको श्री सिद्धनाथ माध्यमकि विद्यालयले माध्यमिक तहको स्वीकृति पाए पनी शिक्षक दरवन्दि अहिले सम्म पनी पाएको छैन । वडामा एउटा मात्र विद्यालय रहेको तथा यातायातको सुविधा नपुगेको र सदरमुकाम गएर पढ्न आर्थीक अवस्थाले नभ्याउने भए पछी यस ठाँउका अभिभावकहरुले शैक्षिक शत्र शुरु हुनु भन्दा पहिले नै माध्यमिक तहमा वालवालिका पढाउनका लागि चन्दा बुझाउनु पर्ने हुन्छ । यदी समयमा चन्दा बुझाउन नसके वालिवालिकाहरु स्कुल पढ्न पाउदैनन किन भने उक्त चन्दा बाट तलव दिने गरि माध्यमिक तहको शिक्षक नियुक्ति गरिन्छ र यस क्षेत्रका वालिवालिकाहरुले माध्यमिक तहको शिक्षा हासिल गर्छन ।
प्राथमिक तहमा मात्र स्थाई दरवन्दि भएको यस विद्यालयमा निमावि समेत राहत कोटामा आश्रीत भएको यस विद्यालयका प्रधानाद्यापक यदुराज पाण्डेयले बताउनु भएको छ ।

अहिले स्थानीय सरकार आए पछी केहि सहज भए पनी अझै शिक्षकको अभाव नै रहेको र अभिभावकहरुको सहयोगले मात्र स्कुल सञ्चालन गर्न सकिएको समेत उहाले बताउनु भएको छ । यसैगरि यस विद्यालयको शिक्षक दरवन्दि परिपुर्ती गर्न स्थानीय निकायले समेत नसकेको यस विद्यालयका विद्यालय व्यवस्था समिति अध्यक्ष्य श्याम सिह धामीले बताउनु भएको छ । स्थानीय तहको अवधारण पछी केहि राहत मिल्ने आशा अभिभावकहरुले गरेको भए पनी सोचे जस्तो उपलव्धि हुन नसकेको समेत उहाले गुनासो गर्नु भएको छ ।
आर्थिक अवस्था कमजोर हुदा खान लाउन समेत धौ धौ भएका वेला चन्दा तिरेर शिक्षकको तलव दिनु पर्दा स्थानीयहरु समेत दुखि बनेका छन । स्थानीय सरकारले केहि शिक्षक थपेर अलिकति राहत भए पनी अझै चन्दा दिनु पर्ने बाध्यता नहटेको समेत स्थानीयहरुको गुनासो रहेको छ । अहिलेको समयमा पनी यसरी वालवालिकाहरु लाई सस्तो र सुलव शिक्षा दिन नसक्दा यस भेगका जनताहरुले सरकारको अनुभुति कसरी गर्ने भन्ने प्रश्न उब्जीएको छ । समयमै शिक्षक दरवन्दि उपलव्ध गराई गरिव अभिभावकहरु माथी पर्ने आर्थीक भार कम गर्न यस क्षेत्रका वाशिन्दाहरुले सरकार संग माग समेत गरेका छन ।

ताजा समाचार