योग शिक्षा विषयक पुस्तकको विमोचन तथा प्रबोधीकरण कार्यक्रम सम्पन्न

भीमदत्त नगरपालिकाले स्थानिय पाठ्यक्रममा आधारीत कक्षा एकको ‘योग शिक्षा’ विषयक पुस्तकको विमोचन तथा प्रबोधीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानिय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर जिल्लामै सवैभन्दा पहिले योग शिक्षा र एकीकृत स्थानिय पाठ्यक्रम निर्माण गरेको भिमदत्त नगरपालिकाले शिक्षा निर्देशिका २०७६ को आधारमा प्रकाशनमा ल्याएको कक्षा एक को ‘योग शिक्षा’ विषय किताबको शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा विमोचन तथा प्रबोधिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगर प्रमुख विष्टले कितावको प्याकिङ खोली पुस्तक पढेर विमोचन गरेका थिए ।
भीमदत्त नगरपालिकाले तयार पारेको आधारभूत तह (कक्षा १-८) को योग शिक्षा विषयको पाठ्यक्रम, कक्षा १ को पाठ्यपुस्तक र शिक्षक निर्देशिका नगर प्रमुख विष्टले सार्वजनिक गर्नु भएको छ । यसै शैक्षिक सत्रदेखि भीमदत्त नगरपालिकाले कक्षा १ मा स्थानीय पाठ्यक्रमको रूपमा योग शिक्षा लागु गर्ने लागेको हो । अर्को शैक्षिक सत्रदेखि २,३ र ६ कक्षामा योग शिक्षा लागु गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
पुस्तक प्रकाशनका सम्पादकमण्डल लगायत प्रकाशनमा प्रत्यक्ष, अप्रत्यक्षरुपमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नगर प्रमुख विष्टले पुस्तक नगरपालिकाको सम्पत्ती भएको बताए । ‘पुस्तक प्रकाशनका सम्पादन गर्ने टिमलगायत प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्ष्रुपमा सहयोग गर्ने सवैलाई धन्यबाद छ ।‘, नगर प्रमुख विष्टले भने, ‘योग शिक्षा किताव नगरपालिकाको सम्पत्तीकोरुपमा रहने छ । जिम्मेवारी र मौका पाए गर्न सक्ने सन्देश दिएको पनि नगर प्रमुख विष्टले बताए ।
नगर प्रमुख विष्टले योग शिक्षा विषयको मात्रै नभएर अन्य स्थानिय विषयका पाठ्यक्रम समेत बनेको र पुस्तक प्रकाशनको क्रममा रहेको बताए । कार्यक्रममा पुस्तक सम्पादनका प्रमुख सुरेन्द्र ओझाले कितावको बारेमा उल्लेख गरेका थिए । उनले पुस्तकमा २० ओटा स्थानिय जडिबुडी लगायत योग सम्बन्धी कुराहरु समेटिएको बताए । कार्यक्रममा शिक्षक, बुद्धिजिवि, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भीमदत्त नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुष्कर राज भट्टले गरेका थिए ।

ताजा समाचार