प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोना देखिएपछि आकस्मित सेवा बाहेक सबै सेवा बन्द

दोधारा 

माहाकाली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको लागी आएका एक बिरामीमा कोरोना संक्रमित देखिएपछि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले सुचना टा“स गरि जानकारी गराएको छ् ।

उपचारको क्रममा आएका एक युवकमा कोरोना संक्रमित देखा परेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट नआउञ्जले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीले जानकारी दिएका छन् ।

आजै बिरामीहरु संग सम्पर्कमा आएका भनिएका स्वास्थ्यकर्मीहरुको पिसिआरको लागी स्वाब संकलन गरि पठाईएको छ् । केही दिन अघि मात्रै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा उपचार गर्न आएका एक ब्यक्तीलाई प्राथमिक स्वास्थ्य केन्द्रले रिर्फर गरेर महाकाली अञ्चल अस्पताल पठाएको थियो । उनको पिसिआर जा“चमा कोरोना संक्रमित देखा परेको हो ।

 

ताजा समाचार