आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी खेति तालिम सुरु

शुक्लाफाँटा

शुक्लाफाँटा न.पा.८ का २० जना वेरोजगार यूवा यूवतीहरुलाई वैमौसमी आई.पि.एम.पद्धतिमा आधारीत तालिम दिईने भएको छ । शुक्लाफाँटा न.पा.८ मा संचालित हुने वेमौसमी तरकारी खेति तालिमको उद्धघाटन शुक्लाफाँटा न.पा.८ का वडा अध्यक्ष श्री बहादुर सिंह महराज्यूले गर्नु भएको थियो भने निड्स नेपालका अध्यक्ष श्री अन्जु जोशी भट्ट ज्यूको सभापतित्वमा भएको थियो ।

युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता TVET practical partnership  मा निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना अन्तर्गत सो तालिम संचालन भएको हो ।

वेरोजगार यूवा यूवतिहरु लाई सहभागी गराई संचालन हुने तालिम वाट उपभोक्ताहरुले बिषादि रहित, स्वच्छ तथा ताजा तरकारी उपभोग गर्न पाउने छन भने उत्पादक किसानहरुले वजारीकरणमा –विक्रि वितरणमा सहजता हुने उद्धेश्यका साथ उक्त तालिम संचालन गरेको कार्यक्रम संयोजक विनोद कडाराले जानकारी गराउनु भएको छ ।

 

TVET practical partnership

ताजा समाचार