कञ्चनपुरको पुनर्वास र बेलौरी राजश्व छलीको ट्रान्जिष्ट हव बन्दै…

राजश्व छली गरेको अंशकामा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले काठमाडौं लैजादै गरेको ३९३ थान ट्रय्कशुट बरामद

किशोर तामाङ /कञ्चनपुर

नेपाल भारत खुल्ला सिमा नाकाका कारण अबैध करोवार र राज्श्व छली गर्दै लाखौको लाताकपडा,हार्डवेयर सामान ,किराना पसलका सामान लगायत खद्यान सामाग्री भित्रीने हवको रुपमा कैलाली र कञ्चानपुरका सिमावार्ती क्षेत्रलाई लिने गरिन्छ । पछिल्लो समय कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र बेलौरी राजश्व छलीको ट्रान्जिष्ट हव बन्दै गरेको श्रोतको दावि छ। यस क्षेत्रमा रहेर तस्कारहरुले बिभिन्न सेटिङमा नेपाल अधिराज्य भर मालसामान तस्कर हुने नाम न बताउने शर्तमा एक स्थानीय बताउछन्। यस नाका बाट तस्करी गर्दै सामानहरु राजधानी सम्मा सप्लाई गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी पोष्ट आई बि आर डी का इन्चार्ज प्रहरी सहायक निरीक्षक दान बहादुर साउँदको कमाण्डमा खटेको गस्ती टोलीले नक्कली बिल बनाएर भन्सार छली गर्दै कञ्चनपुरको बेलौरी देखि काठमाण्डौ लैजादै गरेको अशंकामा प्रहरीले शुक्रबार ३९३ थान करिब अन्दाजी ४ लाख बराबरको ट्रयाकसुट बरामद गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आई बि आर डी बजार क्षेत्रबाट कञ्चनपुर देखि काठमाडौंका लागि चल्ने पवनदूत यातायात बरहसिङ मेट्रो बस नम्बर न७ख१११९ मा खानतलासी गर्दा राजधानी लादै गरेको अवस्थमा उक्त सामान बरामद भएको थियो। बरामाद सामान बेलौरी निवासी भाटियाको रहेको र कर बिजक बिल ग्लोबल ईन्टरनेशनल सप्लायर्स बेलौरीले जस्ट फेसन हाउस काडमण्डौको नाममा जारी गरी काटेको शंकास्पद बिल फेला पारेको र उक्त बिल र बरामाद सामानबारे थप अनुशान्धन गरिने ईलाका प्रहरी कार्यालाय ञिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिरिक्षक कैलाश सिह बिष्टले बताउनु भयो । अहिले उक्त सामानबारे बैधानिक हून वा अबैध केही भन्न नसकिने भएकोले सो बारे बिस्तृत जाजबुझ गर्न लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

ताजा समाचार