सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्छ : उद्योग मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताउनुभएको छ । शुक्रबार कैलालीको अत्तरिया स्थित आफ्नै निवासीमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री भट्टले सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताउनुभएको हो । मन्त्री भट्टले भारतीय पक्षबाट महाकाली नगरपालिका १ मायापुरी सामुदायिक वन क्षेत्रमा कनेक्टीभिटी गर्नमा सहमती जनाएसंगै सुक्खा बन्दरगाहको काम युद्धस्तरमा अघि बढ्ने बताउनएको हो । सो क्षेत्रमा हजार विगाह जमिन सरकारी भएकाले अधिकरण र घर विस्थापित नहुने अवस्थामा सम्भावना बढेको बताए ।

‘अब सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ, ‘मन्त्री भट्टले भने, ‘दुवै पक्षको हस्ताक्षर गरेर टेण्डर प्रकृया अघि बढ्छ काम अघि बढछ ।’ यस अघि कञ्चनभोजमा छनौट गरिएका स्थानमा बिरोध भएको थियो । सुक्खा बन्दरगाहसंगै क्रस बोर्डर ईकोनोमिक जोन समेत विस्तार गरिने बताए । आर्थिक विकासका लागि सो क्षेत्रलाई छनौट गरिएको बताउदै मन्त्री भट्टले औद्योगिक कोरिडोरकै रुपमा विकास गरिनुपर्नेमा जोडदिए । सुक्खा बन्दरगाहलाई महाकाली पुल,त्यो संगै उत्तर चिनसंग जोड्नुपर्ने बताए । सुक्खा बन्दरगाहको काम अघि बढ्ेसंगै आर्थिक विकास र सम्बृद्धिको अपेक्षा गरिएको छ । यस अघि ०६७ सालमा मन्त्री भट्ट वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला सो क्षेत्रमा सुक्खा बन्दरगाहको योजना ल्याएका थिए । यस्तै मन्त्री भट्टले दैजी औद्योगिक क्षेत्रको काम समेत अन्तीम चरणमा पुगेको बताए ।

सुदूरपश्चिमको आर्थिक, समाजिक विकासका लागि औद्योगिक ग्राम, विषेश आर्थिक क्षेत्र बनाईने बताए । गेटा मेडिकल कलेज, सुदूरपश्चिम विश्वविद्यालयलाई समेत दुत गतिमा अघि बढाईनुपर्ने बताए । यस्तै सुदूरको विकासका लागि जलविद्युत लगायत, रणनीति सडक समेत विस्तार गरिने बताए । नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टले पार्टीको आन्तरिक विवाद समाधान गरेर अघि बढ्नुको विकल्प नभएको बताए । जनअपेक्षा अनुरुप काम गर्नुपर्ने बताउदै उनले तीनै सरकारले नागरिकको चाहना अनुरुप काम गर्नुपर्नेमा जोडदिए ।

ताजा समाचार