कटानी रोक्न दोदा नदीमा तटबन्धको माग राख्दै गाँउ प्रमुख बडायकलाई ज्ञापन

पहिलाद राना/कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाँपालिका क्षेत्रको उर्बरा भूमि कटानी रोक्नुपर्ने माग अघि सारेर स्थानीयले दोदा नदीमा बलियो तटबन्धको माग अघि सारेका छन । चुरे भएर बग्ने दोदा नदीले हरेक बर्ष कृषि उत्पादनमुखी जमिन कटानी गर्दैै आएपछि लालझाडी क्षेत्रका किसान हैरान मात्र नभई जिल्लाकै कृषि उत्पादनमा कमि आएको छ । बिहीबार दोदा नदी तटबन्ध संघर्ष समितिका पदाधिकारीले लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकलाई ज्ञापन पत्र बुझाएका छन । दोदा नदी तटबन्ध संघर्ष समितिका अध्यक्ष रमेश चौधरीले नदी नियन्त्रण नहुँदा उब्जाउभूमि क्षयिकरण मात्र नभई कृषि उत्पादनमा कमि आउनुका साथै किसान विस्थापित भईरहेको बताए ।

अध्यक्ष चौधरीले स्थानीय सरकार मार्फत ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले दोदा नदीको कटानी समस्या किसानको मात्र नभई सिङ्गो पालिकाको समस्या भएकाले नदी नियन्त्रणका लागि जनता स्तरबाट उठाएका माग जायज भएको बताए । प्रमुख बडायकले दोदा नदीको कटानी रोक्नका लागि पालिकासंग प्रर्याप्त सोत साधन नहुँदा सिधै काम गर्न समस्या भएको बताए ।

उनले नदी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारसंग पहल गर्ने बताए । ‘हामी र तपाईहरु संगसंगै अघि बढौँ, ‘गाँउपालिका प्रमुख बडायकले भने, ‘जहाँ जानु पर्छ मपनि जान्छु, यो ठुलो समस्या समाधानका लागि हामी जनप्रतिनिधी र जनता संगसंगै अघि बढौँ ।’ बर्षनी उर्बराभूमि कटानीका कारण, किसान, पालिका र जिल्लालाई मात्र घाटा भएको छैन । देशको कुल ग्राह्यर्थ उत्पादनमा समेत प्रभाव परेको छ ।

ताजा समाचार

This will close in 10 seconds