उर्वर भूमिलाई उत्पादनमूखी बनाउन भूमिगत सिचाई व्यवस्थापन महत्वपूर्ण ः पूर्वमन्त्री रावल

निर्वाचन क्षेत्र नं३ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्व राज्य मन्त्री प्रकाश रावलले उत्तरी क्षेत्रको उर्वरभूमिलाई कृषि उत्पादन सँग जोड्न सिचाइ व्यवस्थापन महत्वपूर्ण हुने बताउनुभएको छ। पूर्वमन्त्री रावलले आफ्नो क्षेत्रको कृषि विकास का लागि भूमिगत जलका विभिन्न योजना ल्याउँदै आएका छन् । रावलले खेर गईरहेको उर्वर भूमिमा कृषि कार्य सम्पन्न गर्न भूमिगत जललाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उर्वरभूमीलाई उत्पादनमूखी बनाउनुपर्छ भनेर निर्वाचनका बेला घोषणागरेको स्मरण गर्दै यो उत्तरी भेगलाई सिचाँइ सम्पन्न गर्ने संकल्प लिएको र सोही मूताबीक कार्यक्रमहरु अगाडि बढाईएको रावलले वताए। निर्वाचन क्षेत्र अन्तर्गत नहरमा पानी बगेता पानी नपाउने अवस्था रहेका बह्मदेवदेखि वेदकोट ८सम्म निर्वाचन क्षेत्र नं३(क)चुरेसँग जोडिएका ठाउँहरुमा सिचाइको भूमिगत व्यवस्थापन गरिएको र त्यसलाई कृृषिसँग जोड्ने कुरा महत्वपूण हुने पूर्वराज्यमन्त्री रावल बताउँछन् ।

वेदकोटसम्म सिचाईका योजना ल्याईएको स्मरण गराउँदै उनले,८० प्रतिशत भूमिमा सिचाइँको व्यवस्थापनकालागी पानीका ट्युवेलहरु निर्माण भईसकेको र बाँकी २० प्रतिशत क्षेत्रमा सिचाइ सुविधा अवका २ वर्षमा सम्पन्न हुने वताए ।
पूर्वराज्य मन्त्री रावलद्वारा राधा कृष्ण भुमिगत जल उपभोक्ता समूह बोरिङ्ग उद्घाटन सुदूर पश्चिम प्रदेश सभा सदस्य एवं पूर्व राज्य मन्त्री प्रकाश रावलले राधा कृष्ण भुमिगत जल उपभोक्ता समूह बोरिङ्ग उद्घाटन गर्नुभएको छ। प्रदेश सभा सदस्य रावलको प्रदेश पूर्वाधार(सांसद विकास) कोषअन्तर्गत ६५ लाख कुल क्रमागत लागतमा भीमदत्तनगरपालिका ८.मा कृषि सिचाईको लागि बोेरिङ्ग निर्माण गरिएको हो । उर्वर भूमि रहेको उत्तरी क्षेत्रका बासिन्दा वषौंदेखि सिचाइको समस्या भोग्दैै आएकोमा यस भूमिगत जल बोरिङ्ग बाट सो क्षेत्रको ६० विघामा सिचाई हुने र उक्त योजनाबाट यसक्षेत्रका ७५ घरधुरी लाभान्वित भएका छन् ।

उपभोक्ता समिति मार्फत बोरिङ्ग निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा कंचनपुुर क्षेत्र नं.३ बाट निर्वाचित संघीय सांसद डा. दिपकप्रकाश भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने भुमीगत जल उपभोत्ता समूह का अध्यक्ष पदम बहादुर सुनारको अध्यक्षता रहेको थियो । कर्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य देवेन्द्र ढुगांना,उपेन्द्र कुवर,नगर कमिटी अध्यक्ष रमेश तिरुवा नेकपा प्रदेश कमिटी सदस्य नर व.विक.लगायत राधाकृष्ण टोलका स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार